शिर्षस्थानको इंल्याण्ड स्कटल्याण्डसँग पराजित

398

काठमाडाैं, जेठ २८ – एकदिवसिय क्रिकेटको शिर्ष बरियतामा रहेको इंल्याड स्कटल्याण्डसँग पराजित भएको छ । घरेलु टोली इंल्याण्ड स्कटल्याण्डसँग ६ रनले पराजित भएको हो ।

इडिनबर्गमा टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्डले ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ७१ रन बनाएको थियो । जवाफमा इंग्ल्याण्डले ४८ ओभर ५ बलमा अलआउट हुनुअघि ३ सय ६५ रन मात्र बनाउन सक्यो ।  स्कटल्याण्डले ६ रनको रोमाञ्चक जित हात पार्‍याे।

इग्ल्याण्डका जोनी बे्रष्टोले ५९ बलमा शतक बनाए पनि टिमलाई जिताउन सकेनन् । उनले १२ चौका र ६ छक्का प्रहार गरेका थिए ।

इंग्ल्याण्ड ३ विकेट गुमाएर २ सय २० रन बनाउँदै बलियो अवस्थामा रहे पनि स्कटल्याण्डका मार्क वाट र अलास्दिर इभान्सलेलगातार विकेट लिएपछि इंग्ल्याण्ड थप ५६ रन जोड्न ४ विकेट गुमायो । इंग्ल्याण्डका एलेक्स हल्स ५२, लियम प्लंकेटले ४७ र मोइन अलीले ४६ रनको योगदान गरे । स्कटल्याण्डका मार्क वाटले ३ तथा अलास्दिर इभान्स र रिची बेरिङटनले २–२ विकेट लिए ।

स्कटल्याण्डका कलुम म्याकलियोडले १४० रन बनाएका थिए ।

Comments

comments