एजेन्सी । स्पेनका टेनिस स्टार राफेल नडालले फ्रेन्च ओपन जितेर रेकर्ड कायम गरेका छन्। क्ले कोर्ट किंगले आइतबारको रेकर्डसहित ११ औँ पटक फ्रेन्च ओपनको उपाधि जितेका हुन्।
सबै भन्दा ठूला वल्र्ड नम्बर वन नडाल १० भन्दा बढी पटक उपाधि जित्ने एक मात्र खेलाडी हुन्।
उनले सो खेल ६–४, ६–३, ६–२ को जित हात पार्न ३ घण्टा संघर्ष गर्नु परेको थियो । उपाधिसँगै नाडालले १० लाख पाउन्ड पुरस्कार राशि पनि हात पारेका छन्।
गत वर्ष पनि जितेका नाडालले सन् २००५ देखि पेरिसको रोलान्ड ग्यारोसमा आधिपत्य जमाउँदै आएका छन्। यो उपाधिसँगै नाडालले ग्रान्डस्लाम उपाधिसंख्या १७ पुर्याएका छन् । उनी अब कीर्तिमानी स्विट्जरल्यान्डका रोजर फेडेररसँग ३ उपाधिसंख्याबाट टाढा छन् ।