ट्रम्प र उनबीच भेट: उत्तर कोरियाले बनायो कार्यसूची यस्तो!

59

काठमाडौँ, २८ जेठ । उत्तर कोरियाले अमेरिकासँग मंगलबार हुने वार्ताका लागि कार्यसूची तय गरेको छ । आफ्ना नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच हुने भेटमा ‘स्थायी शान्ति स्थापना संयन्त्र’का विषयमा छलफल गर्ने योजना बनाएको उत्तर कोरियाले जनाएको छ ।

उत्तर कोरियाको केसीएनए समाचार संस्थाले सार्वजनिक गरेको विज्ञप्तिअनुसार दुई पक्षबीच कोरियाली प्रायद्वीपमा ‘परमाणु अस्त्र निश्शस्त्रीकरण’ र ‘आपसी हित’का विषयमा समेत छलफल हुने छ । विज्ञप्तिमा भनिएको छ ‘अब एउटा परिवर्तित युग शुरू भएको छ ।’ किम र ट्रम्प बहुप्रतीक्षित एवं ऐतिहासिक भेटवार्ताको तयारीका लागि सिंगापुर पुगिसकेका छन् ।

ट्रम्पले शिखर बैठकप्रति आफूलाई सुखद अनुभूति भइरहेको बताएका छन् भने किमले विश्वले आफूहरूलाई नजिकबाट नियालिरहेको बताएका छन् । एजेन्सी ।

Comments

comments