एजेन्सी। बलिउड सुपरस्टार सलमान खानको चलचित्र रेस-३ ईदको मौकामा धमाका मच्चाउने तयारीमा छ। बलिउड अभिनेता सलमानले हालै एक अन्तवार्तामा आफ्ना आउने फिल्म प्रोजेक्टका बारेमा खेलासा गरेका छन्।
सलमानले अब चलचित्र निर्देशक संजय लीला भंसालीसँग एक फिल्ममा काम गर्ने बताएका छन्। उनीसँग सलमानले पहिले पनि चलचित्र खामोशी, हम दिल दे चुके सनम र सांवरियामा काम गरिसकेका छन्। ११ वर्षपछि फेरि सलमानले भंसालीसँग काम गर्ने तयारी थालेका हुन्। यससँगै सलमानले भारत, दबंग ३ र शेर खानमा काम गरिरहेका छन्।