नेयमारले गरे ५५ औं अन्तर्राष्ट्रिय गोल, अब पेले र रोनाल्डोलाई मात्र जित्न बाँकी

747

एजेन्सी। घाइते भएर ३ महिनासम्म विश्राम लिएका ब्राजिलियन स्टार नेयमारले टिमको अन्तिम ११ मा कमब्याक गर्दै शानदार गोल गरेका छन् । यो उनको ५५ औं अन्तर्राष्ट्रिय गोल हो ।

यससँगै ब्राजिलले विश्वकपअघि गएराति भएको आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा अष्ट्रियालाई ३–० ले पराजित गरेको छ ।

यसका साथै नेयमारले ३ महिना पहिले भएको खुट्टाको अपरेशनपछि आफू पूर्ण रुपमा फिट भएको पुष्टि पनि गरे । नेयमारले खेलको ६३ औं मिनेटमा गोल गरेका हुन् ।

यो आफ्नो देशको राष्ट्रिय टिमको तर्फबाट नेयमारको ५५ औं अन्तर्राष्ट्रिय गोल हो । यससँगै नेयमार आफ्नो देशको तर्फबाट सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा तेस्रो स्थानका रोमारियो डिसुजाको बराबरीमा पुगेका छन् ।

अब नेयमारभन्दा अगाडि महान फुटबलर पेले र रोनाल्डो मात्र छन् । पेलेले ब्राजिलको तर्फबाट ७७ अन्तर्राष्ट्रिय गाृल गरेका छन् भने रोनाल्डोले ६२ गोल गरेका छन् । अब यी तीन खेलाडीको गोल संख्या बढ्ने छैन किनकि पेले, रोनाल्डोसँगै रोमारियोलेले पनि सन्यास लिइसकेका छन् ।

हिजोको खेलमा नेयमारसँगै ब्राजिलका लागि ३६ मिनेटमा ग्याब्रियल जिजस र ६९ मिनेटमा फिलिप कोटिन्होले गोल गरे । अब ब्राजिलको टिम आज रुसको सोच्ची जाँदैछ जहाँ उसले विश्वकपको पहिलो खेल आइतबार स्विजरल्याण्डविरुद्ध खेल्नेछ ।

Comments

comments