‘छक्का पन्जा-३’बाट आउट भएकी स्वस्तिमाको पुन: इन्ट्री, के थियो आउट हुनुको खास कारण ?

1536

इन्द्रेणी न्युज, काठमाडौं। निर्देशक दिपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पन्जा-३’मा अभिनेत्री स्वस्तिमा खड्काले पुन: इन्ट्री मारेकी छिन्।

बुझिए अनुसार निर्माता असोक शर्माको ‘जय भोले’मा स्वस्तिमाले काम गरेको र ‘जय भोले र छक्का पन्जा-३’ एकैदिन प्रदर्शनमा आउने भएकोले पनि स्वस्तिमा खड्कालाई ‘छक्का पन्जा-३’बाट आउट गरिएको थियो। त्यस्तै चलचित्र ‘छक्का पन्जा-३’को मुर्हूतमा कलाकार तथा निर्माता दीपकराज गिरीले ‘स्वस्तिमा र आफ्नो कुरा नमिल्ने र स्क्रिप्टले पनि नमागेको भएर आउट’ गरेको बताएका थिए।’

चलचित्र शुभमुहर्त ताका ‘निर्माता दिपक राज गिरी’ सँग नमिल्ने कुरा र चलचित्रको स्क्रिप्टमा नअटाएर आउट भएकी नायिका स्वस्तिमा अहिले कहाँबाट अटाइन त ? आउट गरिसकेको मान्छेलाई फेरी किन भित्र्याए दिपकले आफ्नो चलचित्रमा ? पक्कैपनी निर्माता दिपक राजा गिरिमा केही न केही स्वार्थ लुकेको हुनुपर्छ।

Comments

comments