विश्वकप बारे रोनाल्डोको यस्तो सपना, जान्नुहोस् !

638

एजेन्सी । विश्वकप सुरु हुन केही दिनमात्र बाँकी रहेको समयमा फुटबलका चर्चित हस्तिहरु पोर्चुगलका स्टार रोनाल्डो, अर्जेन्टिनाका मेस्सी, ब्राजिलका नेयमार लगायतका खेलाडीहरु चर्चामा छन् ।

उनीहरुको खेल हेर्न दशर्कहरु आतुर बनिरहेका बेला यस वर्षको उपाधि कसको पोल्टामा पर्ला भन्ने कुराले पनि विशेष महत्व पाएको छ ।

यसैबिच पोर्चुगलका स्टार रोनाल्डोले ‘विश्वकपको नतिजा जस्तो आए पनि फुटबलमै सक्रिय रहने बताएका छन् । पाँचपटक फिफा वर्ष खेलाडी बनेका रोनाल्डोले आफू विश्वकपमा दबाबरहित रूपमा प्रतिस्पर्धा गर्ने जनाउदै उनले भने मेरो सक्रियता अझै केही वर्ष रहनेछ म यसबाट यति छिट्टै सन्यास लिने पक्षमा छैन ।

विश्वकप ट्रफी उचाल्नु सर्वाधिक ठूलो पक्ष भएको बताउँदै रोनाल्डोले भने पोर्चुगल सफल भएको खण्डमा आफू अझै फुटबलमै रहनेछु । रोनाल्डोले ‘विश्वकप उपाधि पोर्चुगललाई दिलाउन आफ्नो जीवनको ठूलो सपना भएकाले त्याृ सपना पूरा गर्नतिर लाग्नु नै जीवनको ठूलो लक्षय भएको बताए ।

Comments

comments