फुटबल प्रेमिहरुले जानैपर्ने, विश्वकप सम्बन्धी यी २० कुराहरु

1463

बीबीसी। फुटबल विश्व कप, २०१८ रुसमा १४ जुनदेखि सुरु हुँदैछ। यो विश्वकप सुरु हुनु पहिला हामी तपाइँलाई केही यस्ता तथ्य र घटनासँग साक्षात्कार गराउँदै छौं, जसबाट तपाइँलाई फुटबलका विषयमा धेरै कुरा थाहा पाउन सहयोग पुग्नेछ।


१. यो फुटबलको २१ औं विश्व कप हो।

२. पहिलो क्वालिफायर १२ मार्च, २०१५ मा पूर्वी टिमोर र मंगोलियाबीच खेलिएको थियो। पूर्वी टिमोरले ५–१ को जीत हासिल गरेको थियो। तर पछि के थाहा भयो भने टिमेरले यस्ता खेलाडीलाई खेल्न दिएको थियो जुन खेल्न योग्य थिएनन्। यस्तोमा टिमोरले जितेर पनि हार्यो। र मंगोलियालाई विजेता घोषणा गरियो। यद्यपी यो घोषणा गर्न निकै ढिला गरियो। टिमेरको टीम अगाडि बढिसकेको थियो। यस्तो अवस्थामा फैसला मंगोलियाको पक्षमा भएपनि कुनै काम भने आउन सकेन।

३. यो पटकको विश्व कपमा कुल ३२ टीम छन् र २०२६ पछि कुल ४८ टीम विश्व कपमा भाग लिन्छन्।

४. आइसल्याण्ड र पनामा पहिलो पटक विश्व कप खेल्दैछन्।

५. ब्राजील एकमात्र यस्तो मुलुक हो जसले अहिलेसम्म सबै विश्व कप लेखेको छ। र सबै भन्दा धेरै पाँच पटक विश्व कपको उपाधिसमेत प्राप्त गरेको छ। यदि यो पटक पनि जित्यो भने उसको छैटौं जित हुनेछ।

६. जर्मनी यो पटक ब्राजील र इटलीपछि लगातार दुई पटक विश्व कप जित्ने देश बन्ने दाउमा छ। १९५८ र १९६२ मा ब्राजीलले र १९३४ र १९३८ मा इटलीले लगातार दुई पटक विश्व कपको उपाधि जितेका थिए।

७. जर्मन अघिल्ला तीन विश्व कप खेलमा सबैभन्दा बढी गोल गर्ने देश भएको छ। जर्मनीले २००६ मा १४, २०१० मा १६ र २०१४ मा १८ गोल गरेको थियो।

८.रुसका ओलेक सालेँको एउटा विश्व कपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। ओलेकले १९९४ मा क्यामरुन विरुद्ध पाँच गोल गरेका थिए।

९. अघिल्लो विश्व कप करिव ३.२ अबर मानिसले हेरेका थिए। यो करिव विश्वको आधा जनसंख्या हो।

१०. जतिपनि देशले अहिलेसम्म विश्व कप जितेका छन्, ती टीमका कोच त्यही देशका हुन्।

११. रुस (सोभियत संघ होइन) विश्व कपमा कहिल्यै ग्रुज स्टेजसम्म पुग्न सकेको छैन। शायद यो पटक आफ्नो घरेलु मैदानमा खेल्दाको फाइदा उठाउँछ की !

१२. २०१८ विश्व कप नाइजेरियाका लागि छैटौं विश्व कप हुनेछ।

१३. दक्षिण कोरिया १० औं पटक विश्व कप खेल्दैछ। यत्रो पटक कुनै पनि एसियाई मुलुक फुटबल विश्व कपमा क्वालिफाई भएका छैनन्।

१४. इरानले दुई पटक लगातार विश्व कपकालागि क्वालिफाई भएको छ। यस्तो यसले पहिलो पटक भएको हो।

१५. आइसल्याण्ड विश्व कपमा क्वालिफाई हुने सबैभन्दा सानो देश हो। आइसल्याण्डको जनसंख्या तीन लाख ३४ हजार मात्रै छ।

१६. नेदरल्याण्ड बिना जित धेरै विश्व कप खोल्ने देश हो। तर यो पटक नेदरल्याण्डले रुसमा हुने विश्व कप खेल्ने मौका पाएन।

१७. १९५८ पछि इटलीले विश्व कपकालागि क्वालिफाई नभएको पहिलो पटक हो। इटलीले अहिलेसम्म चारपटक १९३४, १९३८, १९८२ र २००६ मा विश्व कपको उपाधि जितिसकेको छ।

१८. १९८६ पछि पहिलो पटक अमेरिका पनि यो विश्व कपमा क्वालिफाई भएन।

१९. यो पहिलो पटक हो विश्व कप युरो र एसिया दुवै देशमा खेल हुँदैछ।

२०. पनामाका राष्ट्रपतिले आफ्नो फुटबल टीम क्वालिफाई भएको खुशीयालीमा ११ अक्टुबरमा राष्ट्रिय विदाको घोषणा गरेका थिए।

Comments

comments