‘तिमी हुन्छौ जहाँ जहाँ’ को प्रेसमिटमा रोमान्टिक बने मनिष र मलिना

891

इन्द्रेणी न्युज, काठमाडौं। डेव्यु निर्देशक बिकास बस्याल निर्देशित चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ असार ८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ। चलचित्रको प्रदर्शन मिती नजिकिदै गर्दा चलचित्र निर्माण युनिटले आज राजाधानिको एक क्याफेमा प्रेस भेटघाटको कार्यक्रम राखेको हो। प्रेस भेटघाट कार्यक्रममा बोल्दै चलचित्रका नायिका मलिना जोसिले भनिन्,-‘मैले मनिष सँग पहिला पनि ‘रानी’ चलचित्रमा काम गरिसकेको भएर यस चलचित्रमा निकै सहज भयो। फेरी मनिष भएकै कारण पनि मैले यो चलचित्रमा काम गरेकी हुँ। समग्रमा भन्दा चलचित्र निकै राम्रो बनेको छ र मेरो र मनिषको काम पनि तारिफ योग्य छ।’

त्यस्तै चलचित्रका निर्देशक बस्याल भन्छन्,-‘मेरो पहिलो निर्देशन चलचित्र भएपनी म आशावादी छु कि तपाईंहरुले चलचित्र मन पराइदिनुहुन्छ। अहिलेको युवापुस्तालाई ध्यानमा राखेर हामीले चलचित्र बनाएकाछौ।’ चलचित्रका नायक मनिष सुन्दर श्रेष्ठ भन्छन्,-‘मलिना भएकोले पनि निकै सहज भयो र चलचित्र रानीमा भन्दा पनि मलाई अली भिन्न र फरक रुपमा देख्न पाउनुहुनेछ।’

लभ, रोमान्स र एक्सनले भरिपूर्ण चलचित्रमा मदन दवाडीको प्रस्तुती,प्रकाश बास्कोटा, डालचन्द्र दवाडी र हरिप्रसाद अधिकारीको निर्माण,अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको नृत्य निर्देशन र रामशरण उप्रेतीको छायांकन रहेको छ।

चलचित्रमा मनीष सुन्दर श्रेष्ठ र मलिना जोसीको अलावा स्वरूपपुरुष ढकाल, रवी गिरीका, तमन्ना केसी, गीता अधिकारी, विश्व बस्नेत लगायतका कलाकारहरुको भूमिका रहेको छ भने वर्षा शिवाकोटी अतिथि भूमिकामा प्रस्तुत भएकी छिन्।

Comments

comments