यीनै हुन् विश्वकपका उत्कृष्ट खेलाडी र गोल्डेन बुट दावेदारहरु

667

एजेन्सी। फिफा विश्वकप सुरु हुन अब केही दिनमात्र बाँकी छ । १४ जूनदेखि १५ जुलाइसम्म रुसमा विभिन्न ३२ देशका टिम उपाधिको लागि भिड्नेछन् । विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई ‘गोल्डेन बुट’ अवार्ड दिइनेछ ।

यो अवार्डको लागि संसारभरका दिग्गज खेलाडीबीच कडा टक्कर हुने निश्चित छ । फिफाले खेलाडीको गोल प्रयास गर्ने क्षमता, पासिङ क्षमता, ड्रिबलिङको क्षमता, डिफेन्स गर्ने क्षमता र फिजिकल खेल्ने क्षमतालाई आधारमान्दै रुस विश्वकपमा उत्कृष्ट खेलाडीको सूचि तयार पारेको छ ।

जसमा पोर्चुगलको क्रिस्टियानो रोनाल्डो यी सबै क्षमतालाई मध्यनजरगर्दा ९५ प्रतिशत सहित सबैभन्दा उत्कृष्ट खेलाडीको शिर्ष स्थानमा परेका छन् । दोस्रोमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी छन् । उनी रोनाल्डोभन्दा एक प्रतिशतमात्र कमका छन् । उनको क्षमता ९४ प्रतिशत रहेको छ ।

तेस्रोमा ब्राजिलका नेमार जुनियर परेका छन् । नेमारको क्षमता ९३ प्रतिशत रहेको फिफाको विश्लेषण छ । चौथौ स्थानमा कोलम्बियाका जेम्स रोड्रिग्वेज छन् । उनको क्षमता ८७ प्रतिशत रहेको छभने जर्मनीमा थोमर मुलरको क्षमता ८६ प्रतिशत छ ।

विश्वकपमा यी खेलाडीहरुले आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्नसक्ने फिफाको अनुमान छ ।

क्रिष्टियानो रोनाल्डोको देश पोर्चुगलले विश्वकपका एउटा पनि उपाधि जितेको छैन राम्रो प्रदर्शनपनि गर्न सकेको छैन् । यद्यपी विश्वव्यापी महासंग्राममा उनलाई कमजोर मान्न सकिन्न । रोनाल्डो अहिले राम्रो फर्मममा छन् जसका कारण उनलाई गोल्डेन बुटको दावेदार मानिएको छ । गत सिजन रोनाल्डो च्याम्पियन्स लिगमा १५ गोलगर्दै सर्वाधिक गोलकर्ता बनेका थिए भने ला लिगामा २६ गोल सहित दोस्रो स्थानमा रहे ।

अर्जेन्टिनाका स्टार लियोनेल मेस्सीको यो सम्भवतः अन्तिम विश्वकप पनि हुन सक्छ । उनी अन्तिम विश्वकप स्मरणीय बनाउन पक्कै चाहन्छन् । मेस्सीको फर्म पनि शानदार छ र यो सिजनमा उनले ३४ ला लिगामा गरी कूल ४७ गोल गरेका छन् । उनी युरोपियन गोल्डेन बुटको पाँचौ पटक विजेता समेत बन्न पुगे । यही फर्ममा रहे उनी विश्वकप गोल्डेन बुटको दावेदार हुनेछन् ।

यसैगरी फ्रेन्च च्याम्पियनशिपमा आधा सिजन मात्रै खेल्दा पनि ब्राजिलियन स्टार नेयमारले २७ गोल गरेका थिए । २६ वर्षीय यी स्टारको नाममा ५५ अन्तर्राष्ट्रिय गोल छ । नेयमारले पनि आफ्नो खेल क्षमताका कारण यस सिजन आफ्नो दावेदारी गोल्डेन बुटको लागि देखाइसकेका छन् ।

जर्मनीका स्टार खेलाडी थोमस मुलरले २०१० को विश्वकपमा २० वर्षकै उमेरमा गोल्डेन बुट जित्दै सबैलाई चकित बनाएका थिए । २०१४ को विश्वकपमा पनि मुलरको प्रदर्शन शानदार रह्यो । जर्मनीले त्यो विश्वकप जित्दै चौथोपटक च्याम्पियन बन्यो । लिगमा खासै नजम्ने मुलरको खासियत विश्वकपमा चम्किनु रहेको छ । यस सिजन उनले ७ गोल गर्न सके विश्वकमै सबैभन्दा धेरै गोेलगर्ने खेलाडी समेत बन्नेछन् ।

रोड्रिग्वेज मात्र एकै विश्वकपमा ६ गोलगर्दै गोल्डेन बुट जित्ने खेलाडी हुन् । उनले रियल मड्रिडसँगै बायन म्युनिखमापनि उत्कृष्ट प्रदर्शन गरेका छन् । रोनाल्डो, मेस्सी, नेमार, रोड्रिग्वेज र मुलर मात्र नभइ अन्य खेलाडीपनि विश्वकप गोल्डेन बुटका दाबेदार हुनसक्ने बताइएको छ ।

इङल्याण्डका कप्तान ह्यारी केन पनि पछिल्लो समय उत्कृष्ट फर्ममा छन् । टोटनह्यामको लागि उनले गत सिजन ५० खेलमा ४३ गोल गरेका छन् । उनी प्रिमियर लिगमा भने सलापछि ३० गोल सहित दोस्रो स्थानमा रहे । २४ वर्षीय केन पनि गोल्डेन बुटका प्रबल दावेदार मानिएका छन् ।

यसैगरी इजिप्टका मोहम्मद सला पनि गोल्डेन बुट दाबेदार मानिएका छन् । तर च्याम्पियन्स लिगमा घाइते बनेका उनी ३ हप्तादेखि मैदानमा उत्रेका छैनन् । उनी गत सिजन प्रिमियर लिगमा ३२ गोलगर्दै गोल्डेन बुट प्राप्त गरेका थिए ।

२०१४ विश्वकपमा फ्रान्सलाई अन्तिम ८ सम्म पुर्याउन उल्लेख्य भूमिका खेलेका एन्टोइन ग्रिजम्यानले २०१६ को युरो कपमा पनि गोल्डेन बुट जितेका थिए । उत्कृष्ट फर्मका कारण उनलाई पनि गोल्डेन बुटको दावेदार मानिएको छ ।

Comments

comments