विश्वकपको उपाधी दावेदार बेल्जियमको शानदार जित

967

काठमाडाैं,जेठ २९ – विश्वकप फुटबलकाे उपाधी दावेदार मानिएको बेल्जियमले काेस्टारिकालाइ  ४–१ ले हराएको छ । बेल्जियमको जितमा रामेलु लुकाकुले दुई गोल गरे । यस्तै ड्राइस मर्टिन्स र मिसी बात्सुयीले एक एक गोल गरे । खेलमा सुरुवाति अग्रता भने कोस्टारिकाले लिएको थियो । उसका लागि खेलको २४ औँ मिनेटमा ब्रायन रुइजले गोल गर्दै सुरुवाति अग्रता दिलाएका हुन् ।

बेल्जियम विश्वकपका लागि समूह जी मा छ र उसले पहिलो खेलमा पानामासँग प्रतिस्पर्धा गर्ने छ । यो समूहमा इंग्ल्याण्ड र ट्युनिसिया पनि छन् ।

Comments

comments