“विश्वकप जिते मेस्सी फुटबलका हिरा सावित हुनेछन्”– रिभाल्डो

977

एजेन्सी । विश्वकप फुटबलको उपाधि नजिते लियोनल मेस्सी म्याराडोनाको तुलनामा नआउने इटालीका विश्वकप विजेता आन्द्रे पिर्लोले बताएका छन् । फुटबलमा पाउनुपर्ने उपाधि सबै जितिसकेका मेस्सी एक सफल व्यवसायिक फुटबलर हुन् ।

फोर्बस् पत्रिकाका अनुसार अर्जेन्टिनी मेस्सी विश्वकै धनी फुटबलर हुन् । पाँच बालुन डि ओर अवार्ड तथा पाँचै युरोपियन गोल्डेन बुट अवार्ड पाएका मेस्सी विश्वकै एक उत्कृष्ट खेलाडी हुन् ।

सन् २००६ का विश्वकप विजेता पिर्लोले भने “मेस्सीले जतिनै पटक बालुन डि ओर, गोल्डेन बुट हात पारेपनि विश्वकपको उपाधि नजिते उनी म्याराडोनाको तुलनामा आउन सक्दैनन् । विश्वकप विश्वकै एक उत्कृष्ट र प्रतिस्पर्धात्मक प्रतियोगिता हो । यस उपाधि बिना खेलाडीको जीवन अपुरो हुन्छ ।”

केहि दिनअघि ब्राजिलका विश्वकप विजेता रिभाल्डोले पनि मेस्सीले विश्वकप उपाधि जित्न्पर्ने धारणा राखेका थिए । म्याराडोनाले यसअघि अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकप उपाधि दिलाएका थिए ।

मेस्सीले पनि सन् २०१४ मा टोलीलाई फाइनलको यात्रा सम्म पुगाएका थिए । तर जर्मनीसँग १–० ले पराजित अर्जेन्टिना उपाधि चुम्न बिमुख भयो । पिर्लोेका अनुसार अर्जेन्टिनालाई साथै मेस्सीलाई विश्वकप जित्न आवश्यक छ ।

पिर्लोका अनुसार अर्जेन्टिनामा स्टार खेलाडीहरु छन् । तिनीहरुको खेल चलेमा अर्जेन्टिनाका लागि उपाधि चुम्ने अवसर प्रवल रहेको उनको भनाइ रहेको छ । चार पटकको विश्वकप विजेता पिर्लोको इटाली भने पटकको विश्वजकपमा छनौटछछ भएको छैन् ।

Comments

comments