विश्वकपको बेला जुवा खेलाउनेलाई कारवाहि (हेर्नुहोस् दश बुँदे सूचना)

445

काठमाडौं। विश्व फुटबलको महाकुम्भ रुस विश्वकप आउन अब ३ दिनमात्र बाँकी छ । यस महाकुम्भको प्रभाव यतिबेला नेपालमा पनि पर्न थालेका छन् । देशका मुख्य मुख्य स्थानमा विभिन्न जर्सी व्यापारहरु फस्टाएको व्यापारीहरु बताउँछन् ।

सामाजिक संजालमा समेत आफूले समर्थन गर्ने देश सम्बन्धी फोटो, स्टाटस लगाउने घुँइचोनै छ । यसविचमा विश्वकपमा हुनसक्ने विकृती र विसंगतीलाई नियन्त्रणगर्ने हिसाबले काठमाडौं जिल्लामा विशेष सूचना जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज सोमबार दश बुँदे सूचना जारीगर्दै सबैलाई सचेत गराएको हो । सूचनाा विशेषगरी विश्वकपका बेला जुवा खेलाउने र होहल्लागर्दै शान्ति खल्बनाउने व्यक्तिलाई कारवाहि गरिने चेतावनी दिइएको छ ।

दश बुँदे सूचनामा के भनिएको छ ?

१. खेलहरुको प्रदर्शन आफ्नो परिसरभित्र मात्र गर्न पाउने ।

२.प्रदर्शन स्थलमा कुनै प्रकारको प्रवेश शुल्क लगाउन नपाइने ।

३. खेलको हार जित लगायतका विषयलाई लिएर कुनै पनि प्रकारको निषेधित जुवा, सट्टेवाजी, लगानी, कारोबार आदि गर्न गराउन, खेल खेलाउन नपाइने ।

४.सार्वजनिक स्थलमा गरिने प्रदर्शनका हकमा मादक पदार्थ खरिद, विक्रि, ओसार पोसार तथा सेवन गर्न गराउन नपाइने ।

५. निजी व्यवसाय÷प्रतिष्ठानका हकमा खेलको विषयलाई समेत लिएर हुन सक्ने असुरक्षा नियन्त्रण गर्न आवश्यक जनशक्ति तथा सीसीटिभी निगरानीको व्यवस्था गरिएको हुनुपर्ने ।

६. सार्वजनिक स्थलमा हुने प्रदर्शनले अव्यवस्थित रुपमा पार्किङ गरी हुन सक्ने ट्राफिक एवं सार्वजनिक आवगमनलाई अवरोध गर्न नपाइने ।

७. होहल्ला गरी टोल छिमेकमा शान्ति सुव्यवस्थामा बाधा पार्न नपाइने ।

८. प्रदर्शन स्थलमा भएका कुनै गतिविधिका कारण कुनै व्यक्तिगत वा सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी भएमा त्यसको सम्पूर्ण जिम्मेवार आयोजक आफै हुनुपर्ने छ ।

९. प्रदर्शन स्थलमा कुनै पनि अवाञ्छित क्रियाकलाप भएमा त्यसको नतिजाप्रति आयोजक आफै पूर्ण रुपमा जिम्मेवार हुनुपर्ने छ ।

१०. आयोजकले शान्ति सुरक्षा सम्बन्धि विषयमा स्थानीय सुरक्षा निकायसँग समन्वय गरेर मात्र प्रदर्शनको व्यवस्था मिलाउने ।

Comments

comments