‘चि मुसी चि’को शिर्ष गीतमा नम्रताको बबाल डान्स -भिडियो New Nepali Movie | CHI MUSI CHI | Title Song 2018 Ft. Namrata Sapkota

995

इन्द्रेणी न्युज, काठमाडौं। निर्देशक दिनेश श्रेष्ठ निर्देशित चलचित्र ‘चि मुसी चि’को शिर्ष गीत सार्वजनिक गरिएको छ। चलचित्रको उक्त गीतलाई मंगलवार हाइलाइट्स नेपाल नामक युवट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतको भिडियोमा नायिका नम्रता सापकोटालाई फिचर गरिएको छ भने चलचित्रका मुख्य कलाकारहरु सुनिल क्षेत्री र अलिशा शर्माका साथै कलाकार शिवराज शर्मा प्रस्तुत भएका छन्।

सन्तोष पोखरेलको शब्द र करणराज कार्की संगीत रहेको गीतमा नेपाल आइडलको टप ५ सम्म पुगेकी गायिका सुजाता पाण्डेको आवाज समावेश गरिएको छ।

म्यूजिकल थ्रिलर जनरामा निर्माण भएको यस चलचित्रमा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माताको रुपमा रहेका छन् भने चलचित्रका कार्यकारी निर्माता शिवराज कार्की हुन्। अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता रहेको चलचित्रमा सुरज अधिकारीको संगीत, सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी, बासु न्यौपानेलको छायांकन र चलचित्रको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन्।

श्रावण ११ गतेबाट सार्वजनी प्रदर्शनमा आउने यस् चलचित्रमा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको छ।

Comments

comments