“निको सारे”नामक थामीभाषा कार्यक्रमको उद्घाटन समपन्न

363

काठमाण्डौँ,२९ जेठ। अतिसिमान्तकृत थामी समुदायको मातृभाषामा पहिलो पटक राजधानी काठमाण्डौँको अनामनगर स्थित ईन्डिजिनियस् टेलिभिजनबाट प्रत्येक हप्ताको “निको सारे” नामक थामी भाषाको कार्यक्रम प्रसारण हुन गइरहेको छ।

उक्त कार्यक्रम मंगलवार ईन्डिजिनियस् टेलिभिजनको कार्यलयमा एक कार्यक्रमको आयोजना गरी औपचारिक समुद्घाटन तथा अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । कार्यक्रम उत्पादक तथा प्रस्तोता बिकेस थामीले “निको सारे”नामक भाषिक कार्यक्रमलाई दिगो र प्रभावकारी रुपमा संचालन गर्ने विषयमा सरोकारवालाहरुसँग अन्तरक्रियाको माध्यमवाट आवश्यक राय, सल्लाहसहित आजको कार्यक्रम समुद्घाटन तथा अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ ।

थामी समुदायको ऐतिहाँसिक, साँस्कृतिक तथा भाषिक पहिचानलाई संरक्षण गर्दै समुदायको हक, हित र अधिकारको पक्षमा वकालत गर्दै कार्यक्रम संचालनमा ल्याउन शुभकामना सहित नेपाल थामी समाजका अध्यक्ष सुख बिर थामी, पूर्व सांसद चुन बहादुर थामी, नेपाल थामी समाज सिन्धुपाल्चोकका अध्यक्ष शरण थामी, नेपाल थामी समाज रामेछापका अध्यक्ष डिक ब. थामी, नेपाल थामी समाजका केन्द्रिय कार्य समितिका महासचिव लक्ष्मण थामी लगायत थामी समुदायका अग्रज तथा बुद्धिजीवि व्यक्तित्वहरुले उक्त कार्यक्रमको सफलताको लागि शुभकामना प्रदान गरेका छन् । उक्त कार्यक्रम प्रत्येक हप्ताको बिहिवार बेलुका साँढे सात देखि ८ बजेसम्म प्रत्यक्ष प्रसारण हुनेछ ।

Comments

comments