अन्तत: ६ बर्षका आयुवले पाए आमा

653

इन्द्रेणी न्युज, काठमाडौं। चलचित्र सङखे पङखे चङखे, ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ जस्ता सफल चलचित्र निर्माण गरिसकेको आसुसेन फिल्मस्ले चौथो प्रस्तुतिमा चलचित्र ‘मेरी मामु’ निर्माण हुने भएको छ। निर्माता सेनको निर्माणमा तयार हुने चलचित्रका मुख्य कलाकार भने सेनकै कान्छा छोरा आयुव सेन रहने छन्। निर्माता सेनले यस चलचित्र मार्फत आफ्ना ६ वर्शिया छोरा आयुव सेनलाई डेब्यु गराउन लागेका हुन्।

त्यस्तै चलचित्र ‘मेरी मामु’मा अभिनेत्रीको रुपमा कुसुम गुरुङ भित्रिएकी छिन्। उनीले चलचित्रमा आयुवको आमाको भूमिका निर्वाह गर्नेछिन्। सानैदेखि अभिनय प्रति रुचि भएकी गुरुङ चलचित्र अभिनयका लागि लण्डनबाट नेपाल आएकी हुन् भने उनले यसै चलचित्र बाट नेपाली चलचित्र नगरिमा डेव्यु गर्दैछिन्। त्यसो त निर्माता सेनले प्रेमगीत-२ मार्फत नायिका अस्लेशा ठकुरिलाई पनि डेव्यु गराएका थिए भने चलचित्र प्रेमगीत मार्फत डेव्यु नायिका अश्लेशाले पनि राम्रै तारिफ बटुलेकी थिइन।

लेखा तथा वित्तिय विषयमा स्नातक सकेकी गुरुङले राजधानीको ‘ज्ञ’ थिएटरबाट अभिनयको प्रशिक्षण दिएकी हुन् भने गुरुङ्ले सुनिल पोखरेल निर्देशित ‘हरियो ढुंगा’ नामक नाटकबाट धेरैको मन जित्न सफल भएकी थिइन् । असारको पहिलो साताबाट छायांकन सुरु गर्ने चलचित्र बालमनोविज्ञानमा आधारित रहने छ भने चलचित्रको अहिले धमाधम वर्कसप भैरहेको निर्माण युनिटले जनाएको छ।

Comments

comments