काठमाडौँको जडिबुटीमा टिप्परको ठक्करबाट स्कूटर चालकको मृत्यु

57

काठमाडौँ ३० जेठ। राजधानी काठमाडौँको जडिबुटिमा टिप्परले स्कुटरलाई ठक्कर दिदा स्कूटर चालक महिलाको मृत्यु भएको छ । बुधबार करिब साढे १२ बजेतिर कोटेश्वर तर्फ आइरहेको बा ४ ख ३५५८ नम्बरको टिप्परले बा ७० प ९३९९ नम्बरको स्कुटरलाइ ठक्कर दिदा ति चालक महिलाको मृत्यु भएको हो। निकै डरलाग्दो तरिकाले उक्त दुर्घटनामा ति महिलाको घटनास्थलमै ज्यान गएको प्रत्यक्ष दर्शिले बताएका छन्।

मृत्यु हुने महिला को हुन् भने अहिले सम्म खुलेको छैन। उक्त दुघर्टना पछि आक्रोशीत हुदै स्थानीय बासीले भने टिप्पर जलाई दिएको छ । यो दुर्घटना पछि कोटेश्वर लोकोन्ली र पेप्सीकोला लगाएतका क्षेत्रको सवारी साधन आगमन बन्द भएको छ।

Comments

comments