इन्द्रेणी न्युज, काठमाडौं। वरिष्ठ कलाकार भीम बहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । बिहिबार राती दुई बजे निधन भएको थापाको आज पशुपति आर्यघाटमा अन्तिम बिदाई गरिएको हो।
पशुपति आर्यघाटमा नै उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, वरिष्ठ कलाकार निर शाह, निर्माता राजकुमार राई, कलाकारहरु बसुन्धरा भुषाल, चैत्यदेवी, रविन्द्र खड्का, सुरबीर पण्डित,सबित बस्नेत, करण श्रेष्ठ, लगायतका कलाकारले उनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
अभिनय निकै अब्बल रहेका थापाले करीब ६ दर्जन भन्दा बढी चलचित्र, डेढ सय टेलिफिल्म र ५० भन्दा बढी विज्ञापनमा काम गरेका थिए ।