निक जोनासको हातमाथि हात राखेर यसरी विवाहमा पुगिन्::प्रियंका

503

बलिउडकी नायिका प्रियंका चोपडा अमेरिकी गायक निक जोनासको दाइको विवाहमा सरिक भएकी छिन् । उनी निकको हातमाथि हात राखेर विवाहमा उपस्थित भएकी थिइन् ।

अमेरिकाको न्यू जर्सीमा आयोजित उक्त विवाहका तस्बिरमा प्रियंका र निक एक अर्कासँग निकै खुसी देखिएका थिए ।

यी दुईबीच प्रेम सम्बन्धको खबरले मिडिया अहिले निकै तातेको छ । यद्यपी, दुबैले आफ्नो सम्बन्धबारे कुनै आधिकारिक जानकारी दिएका छैनन् । केही दिन अघि प्रियंकालाई न्यूयोर्कको जे।एफ।के एयरपोर्टमा निक जोनाससँग देखिएको थियो ।

Comments

comments