पोर्चुगलसँग खेल्नु २ दिनअघि स्पेनलाइ ठुलो धक्का

2399

काठमाडाैं, जेठ ३० – प्रशिक्षक हेरफेरले स्पेनलाइ ठुलो धक्का लागेको छ । स्पेनले आफ्नो पहिलो खेल शुक्रबार राती पोर्चुगलसँग खेल्दैछ तर अाज प्रशिक्षक हेरफेर हुँदा उसलाइ ठुलो धक्का लागेको छ ।

स्पेनले राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गरेर फर्नान्डो हिएरोलाई नियुक्त गरिएको स्पेनिस फुटबल संघले जनाएको छ।

लोपेटेगुई रियल म्याड्रिडको प्रशिक्षकमा नियुक्त भएको भोलिपल्ट बुधबार उनलाई राष्ट्रिय टोलीको जिम्मेवारीबाट हटाईएको हो। लोपेटेगुईलाई विश्वकपसम्म नहटाउन राष्ट्रिय टोलीका कप्तान सर्जियो रामोससहित केही सिनियर खेलाडीले दबाब दिएपनि त्यो सफल नभएको बताईएको छ। रुबियालेस नयाँ प्रशिक्षकबारे निर्णय लिन फिफाको कंग्रेस छाडेर स्वेदश फर्किएका थिए।

उनी पुर्व डीफेन्डर पनि हुन्। सन् २००८ र सन् २०१२ मा युरोकप तथा सन् २०१० मा विश्वकप जितेको स्पेन सन् २०१४ को विश्वकपमा पहिलो चरणबाटै बाहिरिएको थियो।

सन् २०१६ मा सफल प्रशिक्षक भिसेन्ट डेल बोस्क्युले सन्याश लिएपछि लोपेटेगुईलाई स्पेनिस टोलीको जिम्मेवारी दिईएको थियो। लोपेटेगुईको प्रशिक्षणमा स्पेनले खेलेका २० खेलमध्ये १४ मा जित र ६ बराबरी खेल्यो। स्पेन सन् २०१६ यता अपराजित छ।

 

Comments

comments