विश्वकप विशेष : को–को पुग्लान त अन्तिम १६ मा ?

482

फिफा विश्वकपको ज्वरो अहिले विश्वभरि नै फैलिएको छ। आजबाट रसियामा सुरु हुने विश्वकपको २१ औं संस्करणको उपाधि कसले कब्जा गर्ला रु भन्ने अड्कलबाजीहरू पनि हुन थालेका छन्।

फुटबलका पूर्व खेलाडी, समर्थक र विश्लेषकहरूले आ-आफ्नो अनुमान गरिरहेका छन्। विश्वकप २०१८ को उपाधिका दाबेदार ब्राजिल र जर्मनी हो भनेर धेरैले भविष्यवाणी गरिरहेका छन्। यी दुई देशले उपाधि जित्न नसके अर्जेन्टिना र फ्रान्स च्याम्पियन बन्छन् भनेर पनि अनुमान भइरहेका छन्। एकथरि विश्लेषणले बेल्जियम, स्पेन र पोर्चुगल क्वाटर फाइनलसम्म पुग्छन् पनि भनेको छ।

फिफा डट कम, द टेलिग्राफ र द गार्डियन लगायतका वेबसाइटहरुले सहभागि टिमहरूको विश्वकप रेकर्ड, एक वर्षको प्रदर्शन र फिफा वरियताका आधारमा आ-आफ्ना विश्लेषण गरेका छन्।

पेलेको स्वीकारोक्तिः ब्राजिल दावेदार होइन?

म्यानचेष्टर युनाइटेडका प्रशिक्षक जोजे मोरिन्हो, कोलम्बियाका फरवार्ड हामस रोड्रिग्ज लगायतहरुले आफ्नो यसपटकको विश्वकपलाई लिएर आफ्नो अनुमान गरिरहेका छन्। यसैबीच, ब्राजिलका महान् खेलाडी पेले आफ्नो देशलाई यसपटकको विश्वकपको दाबेदार मानिरहेका छैनन्।

उनी भन्छन्, ब्राजिलियन टिमको सन्तुलन मिलिरहेको छैन्। पेलेका अनुसार ब्राजिलमा अनुभवी र युवा पुस्ताका खेलाडीबीचको खाडल बढी छ। यी सबैको विश्लेषणलाई आधार मान्ने हो भने ब्राजिलियन टिम अन्तिम ८ सम्म पुग्न सक्ने पेलेको अनुमान छ।

अहिलेसम्म १२ टिमले मात्रै खेलेका छन् फाइनल

अहिलेसम्म २४ टिमले अन्तिम ४, अर्थात सेमिफाइनल खेल खेलेका छन्। जसमा १२ टिम मात्र फाइनलमा पुगेका छन् भने ८ टिमले मात्रै विश्वकपको उपाधि जितेका छन्। जर्मनी १३ पटक अन्तिम ४ मा पुगेको छ, जुन सर्वाधिक धेरै हो।

८ पटक जर्मनी र ७ पटक ब्राजिल फाइनलमा पुगेका छन्। इटाली ६ पटक र अर्जेन्टिना ५ पटक फाइनल पुगेका छन्। ब्राजिलले सर्वाधिक ५ पटक उपाधि जितेको छ भने जर्मनीले ४ पटक जितेको छ।

यी १६ टिम अन्तिम ८ मा पुग्न सक्छन् :

Comments

comments