२१ औँ विश्वकप फुटबल आजबाट सुरु हुँदै, पहिलो दिननै यस्तो हुँदैछ

879

विश्व फुटबलको महाकुम्भ बिहीबार रसियाको मस्कोमा सुरु हुँदैछ। आज बाट हुनगइरहेको विश्वकपको उद्घाटन समारोहमा इंल्याण्डका पप स्टार रबी विलियम्स र स्पेनका ओपेरा सिंगर प्लासिडो डोमिगो आकर्षणको केन्द्र हुनेछन्। यसबाहेक सिंगर जुआन डिएगो फ्लोरेज र रुसी ओपेरा सिंगर गरीफुल्लिनाले पनि आफ्नो प्रस्तुती दिने भएका छन्।

साथै ओपनिङ सेरेमनीमा महान ब्राजीलियन फुटबलर पेले उपस्थित हुने भनिएतापनि खराब स्वास्थ्यका कारण उपस्थित नहुने भएका छन्। यद्यपी रोनाल्डो भने ओपनिङ सेनेमनीमा उपस्थित हुने भएका छन्। आजको ओपनिङ गमे भने आयोजक टोली रुस र साउदी अरेविया त्रिच हुनेछ।

विश्व कपमा ३२ टीमले भाग लिँदैछन्। यी टीमलाई ४–४ ग्रुपमा विभाजन गरिएको छ। प्रत्येक ग्रुपबाट २–२ टिम नकआउट चरणमा पुग्नेछन्। आइसल्याण्ड र पनामा विश्व कपमा डेब्यू गर्न गइरहेका छन्। पहिलोपटक विश्व कपमा भिडियो रेफरल प्रणाली अपनाइएको छ।

सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। एक महिना ९जुलाई १५ सम्म० चल्ने प्रतियोगितामा कुल ६४ खेल हुनेछन्। विश्वकपमा युरोपबाट आयोजक रसियासहित बेल्जियम, जर्मनी, इङ्ल्यान्ड, स्पेन, पोल्यान्ड, आइसल्यान्ड, सर्बिया, फ्रान्स, पोर्चुगल, स्विट्जरल्यान्ड, क्रोएसिया, स्विडेन र डेनमार्क गरि १४ देश सहभागी छन्।

एसियाबाट इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया तथा अफ्रिकाबाट नाइजेरिया, इजिप्ट, सेनेगल, ट्युनिसिया र मोरक्कोले प्रतिस्पर्धा गर्दैछन्। उत्तर अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पनामा तथा दक्षिण अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलम्बिया र पेरुले प्रतिस्पर्धा गर्दैछन्।

Comments

comments