एजेन्सी । विश्वकप फुटबलको २१ औँ संस्करण आजबाट रुसमा सुरु हुँदैछछ। यतिबेला विश्वको ध्यान विश्वकपमा सहभागी हुन लागेका ३२ टिममाथि छ।
विश्वकप २०१८ मा रुपेन पनि सहभागी बनेको छ। विश्वकपको अघिल्लो दिन स्पेनको कदमले धेरैलाई आश्चर्यमा पारेको छ। स्पेनले बुधबार आफ्नो टिमका प्रशिक्षक जुलेन लोपेटेगुइलाई पदबाट हटाएको छ।
स्पेनले रियल मेड्रिडका पूर्व वरिष्ठ रिफेन्डर फर्नान्डो हिएरोलाई टिमका मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। स्पेनले आफ्नो आधिकारिक ट्वीट मार्फट यो घोषणा गरेको हो।
स्पेनले विश्वकपमा आफ्नो पहिलो अभियानको सुरुवात १५ जुनमा पोर्चुगलविरुद्धको खेलबाट गर्दैछ।