आज सुनचाँदीको मुल्य कति ?

664

काठमाडौँ ३१ जेठ। अाज सुनको मूल्य प्रति तोला १ सय रुपैयाँले बढेको छ । सुन बिहिबार १ सय रुपैयाँ बढेर प्रतितोला सुन ५८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबारको तुलनामा आज सुन प्रतितोला एक सय रुपेयाँले बढेको हो ।त्यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी प्रतितोला ७९० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्ला दिनमा सुनको मूल्यमा सामान्य उतारचढाव आइरहेको छ ।

Comments

comments