“थामी परिवेश “

527

हिरा माया थामी,

यापति ससुरा, सुनारी सासु
यी नै हुन् हाम्रा पुर्खा
उद्गम थलो प्रमाणित छन्
सुन्दर सुस्पा नै दोलखा ।।

तीस हजार भन्दा माथि
जनसंख्या छ थामीको
जानु छ एक दिन उचाईमा
उदेश्य बनि रहेछ यात्रीको ।।

अल्पसंख्यकमा सुचिकृत
किन छौ थामी समुदाय
दुई पाईला रोकेर सँगै हात
समाइयोस् हाम्रो अभिप्राय ।।

डोको, डालो ,नाङ्लो
बुन्ने पुर्खौली काम हाम्रो
उक्त पेशाको संरक्षण
हुँदा अझ झनै राम्रो ।।

प्रकृति पूजक हामी
भुमे देवाूहाम्रो देवता
किन बुझ्दैनौँ सरकार
हाम्रो नितान्त आवश्यकता ।।

उधौँली र उभौँली गरी
दुई पटक मनाईन्छ भुमे पूजाू
मादल, झ्याली र बासुरी
हाम्रो सांस्कृतिक बाजा ।।

भाङ्रा, दौरा सुरुवाल
पुरुषको आभुषित पहिचान
नारीमा गुनिउ,चोली अनि
पटुकीमा छ आफ्नै स्वाभिमान।।

ढुंग्री, बुलाकी, हारी
नारीको पृथक गहना
सम्बन्धित क्षेत्रबाट
अवसरहरु पाउनु हाम्रो चाहना ।।

Comments

comments