इन्द्रेणी न्युज, काठमाडौं। आगामी दसैंको फुलपातिबाट सार्वजनिक प्रदर्शनमा आउने तयारएेमा रहेको चलचित्र ‘जय भोले’को पहिलो ‘उम्लियो भने पोखिन्छ’ बोलको गीत सार्वजनिक भएको छ। बिहीवार राजाधानिको कुमारी हलमा आयोजित एक कार्यक्रमका बिच उक्त गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा कलाकार खगेन्द्र लामिछानेको शब्द र राजनराज शिवाकोटिको स्वर संगीत समावेश गरिएको छ भने राजनराजलाई गायिका मेनिना राइले साथ दिएकी छिन। बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्र सबै पात्रलाई प्रस्तुत गरिएको छ भने गीतमा स्वस्तिमा खड्का र सलोन बस्नेत फिचर छन्।
कार्यक्रममा बोल्दै खगेन्द्र लामिछानेले भने,-‘प्राय: चलचित्रमा म सधै दु:खि भुमिकामा हुन्थे तर यसमा धेरै नै फरक भुमिका निर्वाह गरेको छु। जसको, पार्टहरु चाँही धेरै नै फरक र रमाइलो तरिकाको छ। अबका चलचित्रहरुमा चाहिँ म कमर्सियल रुपमा काम गर्नेछु र कमर्सियल तरिकाले काम गर्नुपर्छ भन्ने फिल ‘जय भोले’मा काम गरेपछी भयो। त्यस्तै चलचित्रका नायिका स्वस्तिमा खड्का भन्छिन,-‘गीतको रिजल्ट राम्रो आयो त्यसमा निकै खुसी छु र फिल्मको रिजल्ट पनि निकै राम्रो आउछ भन्नेमा म ढुक्क छु।
ह्युमर तथा सोसल कमेडी ड्रामामा निर्माण गरिएको चलचित्रमा निर्देशक असोक शर्माको निर्माण र निर्देशन रहेको छ भने १ लाख ६० लाख बजेटमा चलचित्र निर्माण गरिएको निर्माण पक्षको भनाई छ। झापा र ईलाममा खिचिएको ‘जय भोले’ मा खगेन्द्र लामिछानेको पटकथा, पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी/कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ ।
चलचित्रमा सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धि तमाङ, राजाराम पौडेल,जयनन्द लामा, सलोन बस्नेत, रविन्द्र अधिकारी,
अशोक शर्मा,खगेन्द्र लामिछाने, किशोर भण्डारी, बसुनधारा भुसाल लगायतका कलाकारहरुको अभिनय रहेको छ। भाद्र १ गते चलचित्रको ट्रेलर सार्वजनिक हुने निर्माण पक्षले जनाएको छ।