कांग्रेसले सभामुख र उपसभामुख मध्ये एकको राजीनामा माग्नु गलत : नेता कार्की

109

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य दिनानाथ शर्माले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामुख र उपसभामुख मध्ये एक जनाको राजीनामा माग्ने काम जायज नभएको दावी गरेका छन्।

नेता शर्माले सभामुख र उपसभामुखलाई हटाउन कानुनी प्रावधाननै नरहेको पनि स्पष्ट पारे। उनले सभामुख र उपसभामुख दुबैले दलबाट राजीनामा दिएकाले उनीहरुलाई हटाउन संविधान र कानुनका दृष्टिले पनि नमिल्ने तर्क गरे।

बिहिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता शर्माले संविधान र कानुनको परिधिभित्र रहेर निर्वाचित भएका सार्वजनिक पद धारण गरेका व्यक्तिहरुलाई राजनीतिक सहमतिको आधारमा हटाउन नमिल्ने पनि स्मरण गराएका छन्।

नेता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल हुने दावी समेत गरेका छन्।

Comments

comments