विश्वकपको उद्घाटन खेलमा यस्ता रोचक दृश्यहरु देखिनेछन् जुन यसअघि कहिल्यै देखिएका थिएनन्

1851

एजेन्सी । आजदेखि रसियामा सुरु हुने फुटवलको महाकुम्भ विश्वकपको पहलिो खेलमा आयोजक रसिया र साउदी अरेबियाबिच मैदानी भिडन्त हुँदैछ । मस्कोको लुज्निकी स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ पौने ९ बजे सुरु हुनेछ ।

समुह चरण समेत पार गर्न नसकिेका यि दुई देशबिच कसले मार्लातन् त उद्घाटन खेलमा बाजी भन्ने कुराले सबैमा चासो जागेका बेला कैयौँ फुटबल प्रेमीहरु फिफा विश्व कप २०१८ को उद्घाटन समारोह कस्तो होला भन्ने उत्सुकता बढीरहेका बेला उद्घाटन समारोहमा ८० शजार दर्शक उपस्थित हुने भएका छन् ।

विश्व कपमा ३२ टीमले भाग लिँदैछन्। यी टीमलाई ४–४ ग्रुपमा विभाजन गरिएको छ। प्रत्येक ग्रुपबाट २–२ टिम नकआउट चरणमा पुग्नेछन्। आइसल्याण्ड र पनामा विश्व कपमा डेब्यू गर्न गइरहेका छन्। पहिलोपटक विश्व कपमा भिडियो रेफरल प्रणाली अपनाइएको छ।

हजारोँ दर्शकको सुरक्षाका लागी लडाकु विमानको एक टुकडी जस्तोसुकै परिस्थितिको सामना गर्न तयारी अवस्थामा राखिएको छ। त्यस्तै ३० हजार सुरक्षाकर्मीले सुरक्षा दिनेछन् । ८० हजार दर्शक क्षमता भएको यो स्टेडियममा ५०० कलाकारले आफ्नो प्रस्तुती दिने बिबिसीले जनाएको छ ।

Comments

comments