काठमाडौँ । नेपाली माउण्टेन बाइकरको श्रीलंकामा प्रतियोगिताका क्रममा ज्यान गएको छ । श्रीलंकामा जारी अन्तरराष्ट्रिय प्रतियोगिता रम्बल इन द जंगलमा भाग लिन गएका नेपाली माउण्टेन बाइकर नारायण गोपाल महर्जनको विहीबार बेलुका महाबेली नदीमा खसेर ज्यान गएको हो ।
राजधानी कोलम्बोबाट ३० किलोमिटर दक्षिण–पूर्वमा रहेको कुदा ओया नदीमा खसृर ज्इान गएको र नदीमा डुबेका उनको शरीर प्रहरीले नजिकैको बाँधबाट उनको शव निकालेको हो ।
जुन ९ देखि १५ तारिखसम्म चल्ने ‘रम्बल इन जंगल’ साइकल रेसमा ३३ वर्षीय महर्जनसहित अजय पण्डित क्षेत्री र बुद्धि बहादुर तामाङले पनि सहभागिता जनाएको प्रतियोगीतमा परवासमा नेपाली माउण्टेन बाइकर नारायण गोपाल महर्जनको दुखद निधनले सारा नेपालीलाई मर्माहत बनाएको छ ।
प्रतियोगितामा नेपाल ,भारत, बेलायत लगायत ३९ देशका बाइकरहरुको सहभागिता थियो ।