फिफा विश्वकप: हेर्नुहोस् रुस र साउदी अरेबियाको लाईभ FIFA World Cup 2018 Live

276

रुसको राजधानी मस्कोको लुझनिकी रंगशालामा उद्घाटन भएको छ । ब्रिटेनका गायक रोबी विलियम्स र रसियाकी गायिका सोप्रानो अइडा गारिफुलिनाले साथ दिइरहेकी छिन् । भने ८ः४५ बजे विजयी लक्ष्यका साथ दुवै टोली मैदानमा उत्रदैँछन् । करीब ८० हजार दर्शक क्षमता भएको उक्त रंगशालामा ५०० कलाकारले विश्वकप उद्घाटनमा आआफ्नो प्रस्तुति पस्किदैछ ।

रुस र साउदी अरेबिया

सुरुवाती ११

रुस : एकिनफेभ, फर्नान्डेस, कुटेपोभ, इग्नासेभिच, झिरकोभ, गोलोभिन, झोबनिन, सामेडोभ, मिरानचुक, जागोएभ, स्मोलोभ

साउदी अरेबिया: अल-माउफ, अल्बुरेक, ओमार हसवी, ओसामा हसवी, अल-शाहरानी, ओटेफ, अल-फाराज, अल-दवसरी, अल-जसिम, अल-सेहरी, अल-सालवि

विश्वकपको इतिहास हेर्दा अहिलेसम्म कुनै पनि आयोजक राष्ट्र उद्घाटन खेलमा हारेको अभिलेख छैन । सन् १९७० मा मेक्सिकोमा भएको विश्वकपमा तत्कालीन सोभियत संघले उद्घाटन खेल खेलेको थियो जसमा खेल बराबरीमा टुङ्गिएको थियो ।

त्यस्तै सोभियत सङ्घले सन् १९६६ को विश्वकपमा सेमिफाइनलसम्म यात्रा तय गरेको थियो । यता साउदी अरबले भने सन् २०१० र २०१४ मा विश्वकपमा खेल्न पाएको थियो भने सन् १९९४ को विश्वकपमा प्रिक्वार्टर फाइनलसम्मको यात्रा तय गरेको थियो ।

Comments

comments