अन्तत: सत्य सावित भयो कान नसुन्ने सेतो बिरालोले गरेको भविष्यवाणी

1282

काठमाडौँ । विश्व फुटबलको महासंग्राम रुस विश्वकप २०१८ को उद्घाटन खेलमा आयोजक रुसले उत्कृष्ट सुरुवात गरेको छ।

रुसको विजयी सुरुवातसँगै विश्वकप सुरुहुनुअघि कान नसुन्ने सेतो बिरालोले गरेको भविष्यवाणी सत्य सावित भएको छ।

रसियाको राजधानी मस्कोको सेनपिटरर्वगको हर्मिटेज म्युजियममा रहेको उक्त बिरालोलाई विश्वकप सुरु हुनुअघि भविष्यवाणी गर्न लगाइएको थियो। उक्त विरालोले साउदी अरेविया र रुसबीचको खेलमा रुस विजयी हुने भविष्यवाणी गरेको थियो।

यो पटकको विश्वकप उक्त विरालोले नै गर्नेछ। विरालोले गरेको भविष्यवाणी पहिलो खेलमै मिलेपछि धेरैको ध्यान अहिले उक्त विरालो तर्फ केन्द्रित भएको छ।

रुसले उद्घाटन खेल जितेसँगै ८८ वर्षयताको इतिहासपनि जोगाएको छ । सन् १९३० देखि सुरभएको विश्वकप फुटबलमा अहिलेसम्म आयोजक टोली उद्घाटन खेलमा कहिल्यै हारेको छैन् ।

जितसँगै आयोजक रुस ३ अंक जोड्दै समुह एको शिर्ष उक्लिएको छ । ५–० को लज्जास्पद हार व्यहोरेकोसाउदी अरेबीयाभने अंक विहिन छ । रुस र साउदीसँगै, उरुग्वे र इजिप्टपनि समुह एमा समावेश छन् । प्रत्येक टोलीका शिर्ष दुई टोली अंक तालिकाका आधारमा नकआउट चरण प्रवेश गर्नेछन् ।

Comments

comments