काठमाडौँ । विश्व फुटबलको महासंग्राम रुस विश्वकप २०१८ को उद्घाटन खेलमा आयोजक रुसले उत्कृष्ट सुरुवात गरेको छ। गएराति सम्पन्न खेलमा रुसले साउदी अरेबीयामाथि ५-० को शानदार जित हात पारेको हो।
रुसले उद्घाटन खेल जितेसँगै ८८ वर्षयताको इतिहासपनि जोगाएको छ। सन् १९३० देखि सुरभएको विश्वकप फुटबलमा अहिलेसम्म आयोजक टोली उद्घाटन खेलमा कहिल्यै हारेका छैन्।
जितसँगै आयोजक रुस ३ अंक जोड्दै समुह एको शिर्ष उक्लिएको छ। ५–० को लज्जास्पद हार व्यहोरेकोसाउदी अरेबीयाभने अंक विहिन छ। रुस र साउदीसँगै, उरुग्वे र इजिप्टपनि समुह एमा समावेश छन्। प्रत्येक टोलीका शीर्ष दुई टोली अंक तालिकाका आधारमा नकआउट चरण प्रवेश गर्नेछन्।






