स्पेन भर्सेस पोर्चुगल : कस्को पल्ला भारी ?

1736

काठमाडाैं,असार १ –  विश्वकप फुटवलमा अाज राती बलिया देशको खेल रहेको छ । राती पाैने १२ बजे हुने खेलमा यो विश्वकपकै उपाधी दावेदार मानिएका स्पेन र पोर्चुगल खेल्दैछन । यी दुइ देशविचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

स्पेन सन् २०१२ र २००८ को युरोकप च्याम्पियन हो भने पोर्चुगल अहिलेको युरोपेली विजेता हो । उसले दुई वर्षअघि युरोकपको उपाधि जितेको हो ।

स्पेनसँगको भव्य खेलका लागि तयार रहेको पोर्चुगलले टिमका खेलाडी सबै फिट रहेको बताएको छ ।

यस्तै स्पेनिस टिममा पनि सबै राम्रो छ । ड्यानिएल कारभाहाल चोटबाट मुक्त भएर बिहीबारदेखि प्रशिक्षणमा फर्किएका छन् ।

स्पेन पछिल्ला २० खेलमा अपराजित रहेको छ र उसलाई विश्वकपको उपाधि दाबेदारको रुपमा हेरिएको छ । स्पेनको टिममा धेरै स्टार खेलाडी छन् ।

तुलनात्क रुपमा पोर्चुगलको अवस्था केही कमजोर देखिन्छ । तर यो टिममा यो शताब्दीकै उत्कृष्ट खेलाडी क्रिष्टियानो रोनाल्डो हुनु ठूलो कुरा हो ।

रियल मड्रिडका दुई साथी खेलाडी रामोस र रोनाल्डो यो खेलमा आआफ्नो देशको कप्तानी गर्दै मैदानमा हुने छन् ।

हेड-टू-हेडमा को अघि ?


स्पेन र पोर्चुगलबिच अहिलेसम्म ३५ पटक भेट भएकोमा  स्पेन १६ पटक विजयी भएको छ भने पोर्चुगल मात्रै ६ खेलमा जित विजयी भएको छ । यि दुइ देश विचका  १३ वटा खेल बराबरीमा सकिएका छन् ।

विश्वकपमा भने यी दुई बिच मात्रै एक पटक भेट भएको छ । सन् २०१० को अन्तिम १६ मा भएको भेटमा स्पेन १ ० ले विजयी भयो ।

Comments

comments