दोश्रो सातामा प्रवेश गर्दै डिट्ठा साबको ‘चङ्गा’

1202

इन्द्रेणी न्युज, काठमाडौं। गत शुक्रबार बाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘चङ्गा’ आज शुक्रबारबाट दोश्रो सातामा प्रवेश गरेको छ। चलचित्र ‘चङ्गा’ दोश्रो सातामा प्रवेश गरेसँगै उपत्यका बाहिर केही हलहरु थपिएको चलचित्र निर्माण युनिटले जनाएको छ।

हाँस्यकलाकार किशोर भण्डारी (डिट्ठा साब) द्वारा निर्देशित चलचित्रमा निर्देशक भण्डारीकै पटकथा र सम्वाद, रविन आचार्यको छायांकन्, राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ भने चलचित्रका कार्यकारी निर्माता प्रकु पाण्डे र चलचित्रकी निर्मात्री रेश्मा तिमल्सिना रहेकी छिन।

दर्शक प्रतिक्रिया राम्रो पाएको र विल्कुलै अर्ज्ञानीक कथामा निर्माण गरिएको चलचित्र ‘चङ्गा’ लाई प्रतिकात्मक रुपमा देखाउन खोजिएको र पैसाको समस्यापछि एक ग्रामिण भेगको युवकको जीवनमा आउने उतार चढावलाई चलचित्रको पर्दामा उतारिएको छ।
चलचित्रमा बुद्धि तामाङ, राजन खतिवडा, कमलमणी नेपाल, अंकित खड्का, प्रेम वर्षा खड्का, लक्ष्मी बर्देवा, जीवन भट्टराई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

Comments

comments