इन्द्रेणी न्युज, काठमाडौं। निर्देशक निमा लामा तामाङ निर्देशित चलचित्र ‘ए सोल्टिनी’को रिलिज डेट फाइन गरिएको छ। नायक सविन श्रेष्ठको मुख्य भूमिका रहेको यस चलचित्रको रिलिज डेट असार १५ गतेलाई फाइनल गरिएको हो।
जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा पूर्णी तामाङ प्रस्तुतकर्ता रहेको चलचित्रलाई दिलकुमार घलानले निर्माण गरेका हुन्। चलचित्रमा बिश्वास भण्डारीको छायांकन एवं सम्पादन,सोमलाल बाइवा र बिनय केटुको संगीत,राज गोलेको द्वन्द्व निर्देशन र अभि लामाको कोरियोग्राफी रहेको छ ।
सोल्टिनीको माया पाउन सोल्टाहरुले गर्ने संघर्ष र तडप प्रस्तुत गरिएको छ भने कमेडी, लभ, एक्शन तथा सेन्टिमेन्ट पाटोलाई समेटिएको चलचित्रमा सविनसँगै अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ,ज्ञानबहादुर जिम्वा, अनिता गोले,गंगा रानामगर, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारलको अभिनय रहेको छ।