‘रोमियो एण्ड मुना’को चौथो गीत ‘भेडेटार घुमौला’ (हेर्नुस् भिडियो) Bhedetar Ghumaula || New Nepali Movie "ROMEO & MUNA" Song 2018

665

इन्द्रेणी न्युज, काठमाडौं। नरेश कुमार केसी निर्देशित प्रतिक्षित चलचित्र ‘रोमियो एण्ड मुना’को चौथो गीत सार्वजनिक भएको छ। चलचित्रका मुख्य पात्र विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचर्ड ‘भेडेटार घुमौला’ बोलको गीत युवट्युव मार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा विनय श्रेष्ठ सृष्टिको पछीपछी धाउदै सृष्टिलाई सताउदै फकाएको देखाएको छ।

विनय र मिना निरौलाको स्वर समावेश गरिएको यस गीतमा दिनेश राउतको शब्द र कोशीस क्षेत्रीको संगीत छ। चलचित्रमा निर्देशक केसीको पटकथा छ भने संवादमा निर्देशकसँग निरज महर्जनले साथ दिएका छन् । चलचित्रका निर्माणकर्ता प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य हुन्।

साउन ११ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठका अलावा सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्ववल सुजल गिरीको पनि अभिनय छ ।

Comments

comments