निर्माता दिपकराज गीरिको नजरमा माग्ने बुढा मेसी अनी दिपा चाँही को…?

859

इन्द्रेणी न्युज, काठमाडौं। अहिले संसारभरी चलेको विश्वकप र दसैंको फुलपातीबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘छक्का पन्जा-३’ लाई लिएर इन्द्रेणी न्युज डट कमले ‘युवासँग सात प्रश्न’मा कलाकार तथा निर्माता दिपकराज गिरी सँग केही प्रश्नहरु गर्ने प्रयत्न गरेको छ। जुन तल प्रस्तुत छ।

१.अहिले कता व्यस्त हुनुहुन्छ ?
-छक्का पन्जा-३ कै सुटिङमा व्यस्त छु ।

२.विश्वकपले कतिको छोएको छ ?
-मलाई विश्वकपले पटक्कै छोएको छैन।

३.खेलहरुमा निकै चासो राख्ने मान्छे फेरी विश्वकपले नछुनुको कारण चाँहीँ के हो?
-छक्का पन्जा ३ नै मेरो लागि बिश्वकप हो। माग्ने मेस्सि जीतू रोनाल्डो र बुद्दि नेइमार हुन्।

४.उसोभए दिपाश्री निरौला चाँहीँ तपाईंको को हो ?
-(हास्दै) साच्चै भन्नुपर्दा दिपाश्री निरौला चाँहीँ मेरो कोच हो।

५.कति प्रतिशत काम सकियो छक्का पन्जा-३ को ?
-लगभग ८० प्रतिशत काम सकियो भन्दा हुन्छ र अबको केही दिनमा गीतको काम पनि सकिन्छ।

६.छक्का पन्जा-३ सँग जय भोले भिड्ने तयारीमा छ त्यसबारे के भन्नुहुन्छ ?
-म केही भन्न चाहान्न र मलाई पब्लिक सपोर्टमा विश्वास छ। किनभने मलाई मेरा दर्शकले गाली सँगै माया पनि उत्तिकै गर्नुहुन्छ त्यो मैले भनिरहनु पर्दैन।

७. अन्त्यमा तपाईंको भनाई…
-अहिले संसार विश्वकपमय भएको छ तर मलाई विश्वकपले छोएको छैन किनभने छक्का पन्जा-३ लाई कसरी हुन्छ राम्रो बनाउने तिर लागिपरेको छु।

Comments

comments