उरुग्वे र इजिप्टबीचको प्रतिस्पर्धात्मक पहिलो हाफ गोल रहित बराबरीमा टुंगीयो

309

एजेन्सी रुसमा जारी विश्वकप फुटबलको दोस्रो खेलमा उरुग्वे र इजिप्टबीचको प्रतिस्पर्धात्मक पहिलो हाफ गोल रहित बराबरीमा टुंगीएको छ ।

४५ मिनेटमा एक मिनेट थप गरिएको समयमा दुवै टोलीले कुनै गोल गर्न नसकेका हुन् । पहिलो हाफमा गोल हुन नसकेपछि अब दोस्रो हाफको खेल निर्णायक बन्नेछ ।

पहिलो हाफसम्म दुवैको टोलीले प्रतिस्पर्धात्मक खेलेका छन् । उरुग्वे इजिप्टभन्दा केहि बलियो देखिएपनि इजिप्टले पनि खेल िजित्ने संभावना निकै प्रबल बनाएको छ ।

यतिबेला सम्म उरुग्वेको बल पोसेसन ५६ छ भने इजिप्टको बल पोसेसन ४४ रहेको छ । उरुग्वेले ६ पटक गोलको प्रयास गरेका छभने एक बल पोस्टको दिशामा गयो ।

इजिप्टले ४ पटक गोलको प्रयासगर्दा २ बल पोस्टको दिशामा गएको थियो । दोस्रो हाफ अबको केहिबेरमा सुरु हुनेछ । दोस्रो हाफमा इजिप्टका मोहम्मद सला मैदानमा देखिन सक्ने संभावना प्रबल छ । उनी मैदानमा प्रवेश गरे, इजिप्टले खेलमा राम्रो प्रदर्शन गर्ने अनुमान गरिएको छ ।

Comments

comments