अन्तिम समयको गोलले उरुग्वे विजयी, इजिप्ट १–० ले पराजित

524

काठमाडौं । फिफा विश्वकप २०१८ को दोस्रो खेलमा लुइस स्वारेजको टोली उरुग्वेले विजयी सुरुवात गरेको छ । शुक्रबार उरुग्वेले मोहम्मद सलाको टोली इजिप्टलाई १–० ले पराजित गरेको हो ।

प्रतियोगितामा वैकल्पिक खेलाडीको रुपमा राखिएका इजिप्टका मोहम्मद सला खेल नखेल्नु इजिप्टको लागि दुर्भाग्य बन्यो । खेल गोल रहित बराबरीमा टुंगीने अनुमान लगाइएको थियो ।

तर खेल सकिन एक मिनेटबाँकी रहँदा उरुग्वे भाग्यशाली सावित भयो । खेलको ८९ औं मिनेटमा उरुग्वेले फ्रिकक पाएको थियो । कार्लोस सान्सेजले हानेको फ्रिकिकमा डिफेन्डर जोसे जिमिनिजले हेडर मार्फत गोल गरेका थिए ।

त्यसपछि खेलमा ५ मिनेट थप गरिएको थियो । तर इजिप्टले कुर्नै गोल फर्काउन सकेनभने उरुग्वेले पनि कुनै गोल गर्न सकेन् । अन्तत एक गालने खेलका लागि निर्णायक बन्यो।

जितसँगै उरुग्वेले ३ अंक जोड्दा इजिप्ट अंक विहिन बन्न पुग्यो । समुह एमा समान एक एक खेलमा खेल्दै वजयी भएका टोली रुस र उरुग्वे क्रमश गोल अन्तरका आधारमा पहिलो र दोस्रो स्थानमा छन् ।

गोल विहिन इजिप्ट र साउदी अरेबीया लिगमा तेस्रो र चौथौ स्थानमा छन् । प्रत्येक टोलीले समान ३–३ खेल खेल्नेछन् । अंक तालिकाका आधारमा शिर्ष २ टोली नकआउट चरणमा प्रवेश गर्नेछन् ।

प्रतिस्पर्धात्मक खेलमा उरुग्वे भाग्यशाली सावित

समग्र खेलमा उरुग्वे र इजिप्टको खेल प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफपनि प्रतिस्पर्धात्मक थियोभने दोस्रो हाफपनि प्रतिस्पर्धात्मक थियो । खेल अवधिभर उरुग्वे केहि बलियो देखिएपनि गोल गर्ने संभावना दुवैको उस्तै उस्तै थियो ।

उरुग्वेले ५८ प्रतिशत बल पोसेसन गरेको थियोभने इजिप्टले ४२ प्रतिशत बल पोसेसन गरेको थियो । खेलमा उरुग्वेले १५ पटक गोलको प्रयासगर्दा ४ बल पोस्टको दिशामा गयो ।

जसमध्य एक बलले पोस्टको जाली चुम्यो । इजिप्टले खेलमा ८ पटक गालको प्रयास सर्दा ३ बल पोस्टको दिशामा गयो । तर उरुग्वेले ३ प्रयासनै विफल पारिदिएका थिए ।

समुह एमा कसले कोसँग सामनागर्दै

आगामी खेलहरुमा मोहम्मद सलाको टोलीले जित्नै पर्ने दबाब परेको छ । ग्रुप स्टेजमा खेलहरुमा अब नकआउट चरणमा पुग्न इजिप्टले साउदी अरब र रुससँगको खेल जित्नै पर्ने हुन्छ । अब रुसले उरुग्वे र इजिप्टजस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्नेछ । उरुग्वेले रुस र साउदी अरबसँग प्रतिस्पर्धा गर्नेछ । साउदीले बलिया टोली रुस र इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ ।

Comments

comments