ट्रेड युनियन काँग्रेसः मतदान सम्पन्न, १३९० मत खस्यो

120

काठमाडौँ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियनको नेतृत्वका लागि मतदान सम्पन्न भएको छ ।

चार वर्ष नौ महिनापछि मंगलबार शुरु भएको छैटौँ महाधिवेशनअन्तर्गत आज अपराह्न २ बजेदेखि शुरु भएर केहीबेर अगाडिसम्पन्न भएको मतदानमा एक हजार ४२० मतदातामध्ये एक हजार ३९० ले मतदान गरेको निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले जानकारी दिए।

मतगणना भने केहीबेरमा शुरु गरिने छ। बिहीबार निर्वाचन गरिसक्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि बन्दसत्र र मतदाता नामावली विवादका कारण आज मात्र १७ पदाधिकारीसहित ४४ पदमा हुने मतदान भएको थियो।

Comments

comments