पोखरामा गर्जिए गगन, कम्युनिष्टको दुई तिहाईलाई यसरी दिए चुनौती

78

पोखरा- नेपाली काँग्रेसका नेता गगन थापाले कम्युनिष्टको दुई तिहाईसँग नडराउन आग्रह गरेका छन् । प्रजातान्त्रिक विचार समाज पोखराले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्टको ब्यवहार विस्तारै प्रष्फुटित हुन थालिसकेको भन्दै दुई तिहाईसँग डराउनुपर्ने अवस्था नरहेको बताए ।

‘काँग्रेस सुध्रियो भने कुनै शक्तिले पनि कमजोर बनाउन सक्दैन । पहिले हाम्रो संगठन चुस्त बनाऔं, उनले भने– बाघले नचिनेको वन होईन र वनले नचिनेको बाघ होईन । कम्युनिष्टको दुई तिहाईसँग डराउनुपर्दैन ।’ कम्युनिष्टले भनेजस्तो स्थिर सरकारले मात्रै देशको विकास हुन नसक्ने उनको भनाई छ ।

‘नेपालमा पञ्चायतको ३० बर्ष स्थिरता थियो । १ सय ४ बर्षको राणाले स्थायी सरकार चलाए, उनले थपे–स्थिरताले विकास हुने भए नेपालको कायपलट भैसक्थ्यो। स्थिर सरकार केही होइन ।’ उनले शासकमा ब्यक्तिबादी चरित्र हावी हुँदा विकास गर्न नसकिने औंल्याएका छन् ।

‘पहिले राणाहरु पनि ब्यक्तिबादी हुकुमी शासनमा थिए । राजाले पनि आँफु बाहेक अरु कसैलाई देखेनन्, थापाले भने–अहिलेका प्रधानमन्त्री ज्यू पनि आँफु मात्रै सर्बेसर्बा ठान्नुहुन्छ । यसरी देशको विकास सम्भव छैन ।’ सबैतिर कम्युनिष्टको एकल सरकार हुँदा पनि विकास गर्न नसके नेपालको अहिलेको राज्य ब्यवस्था नै असफल हुनेतर्फ उनको संकेत छ ।

Comments

comments