म्यान अफ द वल्र्ड नेपाल चन्दन विश्वकर्मा

394

काठमाडौ । यस बर्षको म्यान अफ द वल्र्ड नेपालको उपाधि नवलपुर गैडाकोटका चन्दन विश्कर्माले जितेका छन । शुक्रवार साझ काठमाडौको होटल अन्नपुर्णमा भएको प्रतियोगितामा चन्दनले उपाधि सहित वेष्ट वाक सवटाइटल समेत जितेका छन ।

प्रतियोगितामा नितेश खत्रि फष्ट रनर अप तथा रिचर्ड योञ्जन सेकेण्ड रनर भएका छन । चन्दन मञ्जरी ग्रुपले आयोजना गरेको मिष्टर चितवन एसइइ २०१७ का सेकेण्ड रनर अप तथा मिष्टर चितवन २०१८ का एसिसेण्ट कोरियोग्राफर समेत हुन । चन्दन अव फिलिपिन्समा हुने म्यान अफ दि वल्र्डको लागी सहभागि हुन जानेछन । उनले यस बर्ष नेपालको प्रतिनिधित्व गदै फिलिपिन्स जान लागेका हुन ।

प्रतियोगिता जुम इन इभेण्टको आयोजना तथा मिष्टर नेपाल सेकेण्ड रनर अप , मिष्टर चितवन फष्ट रनर अप आशिक ताम्रकारले कोरियोग्राफिमा प्रतियोगिता सम्पन्न भएको हो ।

Comments

comments