काठमाडौं। क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकले पोर्चुगल हारबाट जोगिएको छ। शुक्रबार राति पोर्चुगल र स्पेनले विश्वकप प्रतिस्पर्धामा ३–३ गोलको बराबरी गरे।
खेल सकिन २ मिनेट बाँकी रहँदासम्म स्पेन ३–२ ले अघि थियो। तर डिबक्सको ठिक बाहिर स्पेनका खेलाडीले रोनाल्डोलाई लडाएपछि पोर्चुगलले फ्रि–किकको अवसर पाएको थियो।
त्यहि अवसरलाई सदुपयोगगर्दै रोनाल्डोले आकर्षक गोल गरेपछि उनले स्पेनसँग बराबरी गराउँदै ह्याट्रिक पुरा गरेका थिए। रोनाल्डोले ह्याट्रिक गरेसँगै उनले आफ्ना चिर प्रतिद्वन्द्वि मेस्सीलाई विश्वकपको गोलमा पछि पारेका छन्।
मेस्सीले विश्वकपमा जम्मा पाँच गोल गरेका छन्। यसैगरी ३३ वर्षीय रोनाल्डो विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडी पनि बनेका छन्। शुक्रबारको ह्याट्रिकले रोनाल्डोले राष्ट्रिय टोलीका लागि आफ्नो छैठौं ह्याट्रिक पुरागर्दा ८४ गोल गर्नपनि सफल भए।
विश्वकपमा बराबरीसँगै ग्रुप बीका पोर्चुगल र स्पेनले एक-एक अंक बाँडेका छन्। यसअघि समुह बीकै खेलमा इरालने मोरोक्कोलाई पराजित गरेको थियो। मोरोक्को समुहमा ३ अंक सहित शिर्ष स्थानमा छ।
पोर्चुगल र स्पनको एक–एक अंक छभने मोरोक्को समुहको पुछारमा छ। समुहका प्रत्येक टोलीले एक–एक पटक सबैसँग प्रतिस्पर्धा गर्नेछन्। अंक तालिकाका आधारमा शिर्ष र दोस्रो स्थानका टोली नकआउट चरणमा प्रवेश गर्नेछन्।