ह्याट्रिक गरेसँगै विश्वकप फुटबलमा क्रिस्टियानो रोनाल्डोको नयाँ रेकर्ड

2141

काठमाडौं। क्रिस्टियानो रोनाल्डोले आफ्ना चिर प्रतिद्वन्द्वी मेस्सीलाई विश्वकपको गोलमा पछि पारेका छन्। गएराति भएको खेलमा रोनाल्डोले ह्याट्रिकसँगै मेस्सीलाई पछि पारेका हुन्। मेस्सीले विश्वकपमा जम्मा पाँच गोल गरेका छन्।

त्यस्तै यसैगरी ३३ वर्षीया रोनाल्डो विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडी पनि बनेका छन्। गएरातिको ह्याट्रिकले रोनाल्डोले राष्ट्रिय टोलीका लागि आफ्नो छैठौं ह्याट्रिक पुरागर्दा ८४ गोल गर्नपनि सफल भए।

शुक्रबार राति पोर्चुगल र स्पेनले विश्वकप प्रतिस्पर्धामा ३–३ गोलको बराबरीमा खेलेका हुन्।

खेल सकिन २ मिनेट बाँकी रहँदासम्म स्पेन ३–२ ले अघि थियो। तर डिबक्सको ठिक बाहिर स्पेनका खेलाडीले रोनाल्डोलाई लडाएपछि पोर्चुगलले फ्रि–किकको अवसर पाएको थियो।

त्यहि अवसरलाई सदुपयोगगर्दै रोनाल्डोले आकर्षक गोल गरेपछि उनले स्पेनसँग बराबरी गराउँदै ह्याट्रिक पुरा गरेका थिए।

Comments

comments