काठमाडाैं, असार २ – गएराती स्पेनविरुद्दको खेलमा पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानोले ह्याट्रिक गरेका छन् । रोनाल्डोको ह्यट्रिकपछि उनका प्रतिष्प्रधी अर्जेन्टिनाका लियोनल मेस्सीमाथी पनि दवाव परेकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
तर अाज राती अाइसल्याण्डविरुद्दको खेलमा मेस्सीले पनि ह्याट्रिक गर्न सक्छन । अर्जेन्टिना भन्दा निकै कमजोर मानिएको अाइसल्याण्ड विरुद्द ह्याट्रिक गर्ने अवसर मेस्सीसँग रहेको वेलायती पत्रीका द गार्जियनले जनाएको छ ।
मेस्सीले ह्याट्रिक गर्न सक्ने कारण
- अर्जेन्टिनाको टिम अाइसल्याण्डको भन्दा धेरै बलियो छ, अाक्रामक पनि छ
- मेस्सी जस्ता ठुला खेलाडी अाइसल्याण्डमा छैनन, मेस्सीलाइ रोक्ने खास खेलाडी छैनन
- क्लवबाट राम्रो खेल्ने तर देशको लागि नखेल्ने अारोप मेस्सीलाइ यसपटक चिर्नैपर्ने छ
- उनि यसपटक निकै फर्ममा छन र टिम पनि मिलेको छ