ह्याट्रिक पुरा गरेका क्रिस्टियानो रोनाल्डो ‘म्यान अफ द म्याच’घोषित

536

इन्द्रेणी न्युज, काठमाडौं। गएराति सम्पन्न भएको फिफा पिश्वकपको ‘समुह चरण’को चौँठो खेलमा क्रिस्टियानो रोनाल्डो म्यान अफ द म्याच घोषित भएका छन् ।

शुक्रबार राति पोर्चुगल र स्पेनले विश्वकप प्रतिस्पर्धामा ३–३ गोलको बराबरीमा खेलेका हुन्। पोर्चुगलकालागि ३ वटै गोल रोनाल्डोले गरेका हुन्। अझ भनु क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका हुन्।

खेल सकिन २ मिनेट बाँकी रहँदासम्म स्पेन ३–२ ले अघि थियो। तर डिबक्सको ठिक बाहिर स्पेनका खेलाडीले रोनाल्डोलाई लडाएपछि पोर्चुगलले फ्रि–किकको अवसर पाएको थियो।

त्यहि अवसरलाई सदुपयोगगर्दै रोनाल्डोले आकर्षक गोल गरेपछि उनले स्पेनसँग बराबरी गराउँदै ह्याट्रिक पुरा गरेका थिए र यसैसँग रोनाल्डो म्यान अफ द म्याच घोषित भएका हुन्।

Comments

comments