विश्वकप फुटवल: यीनै हुन् आज भिड्ने टिमहरु (सुची सहित)

676

इन्द्रेणी न्युज, काठमाडौं। विश्वकप फुटवल अन्तरगत आज समुह चरण अन्तरगतका समुह सी र डी का भिन्नभिन्न खेल हुदैछ। ग्रुप सी अन्तरगतको पहिलो खेल फ्रान्स र अष्ट्रेलिया बिच नेपाली समयअनुसार आज दिउसो ३:४५ बजेदेखी भाईरहेको छ भने दोश्रो खेल पेरु र डेनमार्क बिच राति ९:४५ बजे हुदैछ। यसैगरी ग्रुप डी अन्तरगतको पहिलो खेल अर्जे्न्टिना र आईसल्याण्ड बिच साँझ ६:४५ बजे हुदैछ भने दोश्रो खेल मध्य राति क्रोेएसिया र नाईजेरिया बिच १२:४५ मा हुदैछ। आउनुस विश्व फुटबलमा आज भिडन्त गर्ने टिमहरुको स्थितिबारे चर्चा गरौ।

फ्रान्स- फिफा विश्व वरियताको सातौ स्थानमा रहेको फ्रान्स विश्वकपमा उपस्थित रहेका टोली मध्यमा बलियो मानिन्छ भने संभावित विश्व विजेताको रुपमा पनि हेरिएको छ। सन १९९८ को विश्व विजेता फ्रान्स सन २००६ को विश्वकप दौरानमा ईटाली सँग फाईनलमा पराजित भएको थियो। सन् १९५८ र १९८६ को विश्वकपमा तेश्रो भएको फ्रान्सले यो पटक समुह विजेता बन्दै विश्वकपमा छनौट भएको टिम हो । डिडिअर डेश्चयामपको प्रशिक्षणमा रहेको फ्रेन्च टोलीमा केलियन एमबापपे, एन्टोनियो ग्रिजम्यान, उसमान डेम्बले, पउल पोग्वा जस्ता स्टार खेलाडीहरु रहेका छन् ।

टोली

गोलकिपर- युगो लोरिस , स्टीभ मन्डन्डा , एल्फन्सो एरोला

डिफेन्डर-लुकास हर्नान्डेज, प्रेसनल किमपेम्बे , बेन्जामिन मेन्डी , बेन्जामिन पभार्द , अदिल रामी , दिवब्रिल सिदिबे, स्यामुअल उमटिटी, राफेल भराने

मिडफिल्डर- एन्जेलो कान्टे , ब्लेस माटुडी, स्टेभेन जोन्जी , पौल पोग्बा, कोरेन्टिन टोलिसो

फरवार्ड- उसमान डेम्बेले , नबिल फेकिर, ओलिभर जिरोउड , एन्टोनियो ग्रिजम्यान, थोमस लेमर, केलियन एमबाप्पे, फ्लोरिन थोविन

अष्ट्रेलिया- फिफा वरियताको ४०औ स्थानमा रहेको अष्ट्रेलियाको यो पाँचौं विश्वकप यात्रा हो। सन् २००६ देखि लगातार विश्वकपमा छनौट हुदै आएको अष्ट्रेलियाले प्रथम पटक सन् १९७४ मा विश्वकपको यात्रातय गरेको थियो। सिधै छनौट चरण पार गर्न नसकी अष्ट्रेलियाले प्ले अफ मार्फत रुसको टिकट काट्न सफल भएको अष्ट्रेलियाले आजको खेलमा फ्रान्सलाई पन्छाउन त्यति सजिलो मानिएको छैन। बर्ट भ्यान मार्विज्कको प्रशिक्षणमा रहेको अष्ट्रेलियाको खेलमा जेमी म्याकलेस, म्याथ्यु लेईक, मिल जेडिनक ज्याक्शन रिभाईन आजका प्रमुख आकर्षण हुन सक्छन्।

टोली
गोलकिपर- ब्राड जोन्स , माट रायन , ड्यानी युकोविच

डिफेन्डर- अजिज बेइच , मिलोस डेजेन्क , म्याथ्थु जर्मन , जेम्स मेरेडिथ , जोस रिसडन , टे्रन्ट सेन्सबुरी

मिडफिल्डर- ज्याक्सन रिभाइन , मिल जेडिनक , रोबी क्रुस , मासिमो लुओन्गो , मार्क मिलिगन , आरोन मुरी, टम रोजिक , टिम चाहिल

फरवार्ड- ड्यानियल अर्जानी, टोमी जुरिक, म्याथ्थु लेइक, एन्ड्यु नबोउट , डिमिट्री पेट्राटस, जेमी म्याकलेरन
ग्रुप डी अन्तरगत समुह चरणको पहिलो खेल आज अर्जे्न्टिना र अईसल्याण्ड विच साँझ ६स्४५ मा हुदै छ। अर्जे्न्टिनलाई विश्वकपको प्रमुख दावेदार मानिएकोले खेल निकै रोचक हुने अनुमान गरिएको छ। आउनुस अर्जे्न्टिना र आईसल्याण्डको फुटबल बारे चर्चा गरौ।

अर्जे्न्टिना- फीफा वरियताको पाचौं स्थानमा रहेको अर्जे्न्टिनला सन् १९७८ र १९८६ को विश्व विजेता हो। सन् १९३०, १९९० र २०१४ को उप विजेता रहेको अर्जे्न्टिनाले विश्वकपमा पटक पटक गरि ५ पटक सेमिफाईनल र ५ पाटक नै क्वाटर फाईनल सम्मको यात्रा तय गरेको छ। विश्व फुटबल ईतिहासमा सर्वा्धिक लोकप्रिय खेलाडी लियोनल मेसी अर्जे्न्टिनाका प्रमुख आकर्षण हुन्। जर्ज सामपोलीको प्रशिक्षणमा रहेको अर्जे्न्टिनाको टोलीमा मेसी लगायत पावलो डिवाला, गोन्जालो हिग्युन, सर्जियो अग्युरो, जाभिएर माश्चरानो निकोलास ओटामेन्डी जस्ता स्टार खेलाडी रहेको अर्जे्न्टिनालाई रोक्न आईसल्याण्डलाई गार्हो मानिएको छ।

टोली
गोलकिपर- विली क्याबलेरो ,फ्रान्को अरमानी ,नहुल गुजमन

डिफेन्डर- गाब्रियल मेर्सेडो ,फेडेरिको फाजियो ,निकोलस ओटामेन्डी ,मार्कोस रोजो ,निकोलस टेग्लाफिको ,जेभियर मास्चेरानो ,मार्कस एकुना ,क्रिष्टियन एनसाल्डी

मिडफिल्डर- इभर बानेगा ,लुकास बिगलिया ,एन्जेल डि मारिया ,जोभनी लु चेल्स ,मानुअल लाजिनी,क्रिष्टियन पभोन ,म्याक्सिमिलियानो मेजा , इडुवार्डो सालिभो

फरवार्ड- लियोनल मेसी , गोन्जालो हिग्वेन , पाउलो डिबाला , सर्जिओ अग्युरो

आईसल्याण्ड- फिफा वरियतामा २२ औं स्थानमा रहेको आईसल्याण्ड विश्वकपमा नव प्रवेशी राष्ट्र हो। २ बर्ष अघि युरोकप फूटबलमा ईग्यांण्डलाई हराएर सनसनी मच्चाएको आईसल्याण्ड सामु विश्वकपको प्रुख दावेदार मानिएको अर्जे्न्टिना सँग भिड्दा कुनै दवाव हुने छैन। फर्वार्ड सिगुर्डसन, अल्बर्ट गुडमुन्डसन, जस्ता खेलाडी आईसल्याण्डका प्रमुख आकर्षण मानिन्छन् ।

टोली
गोलकिपर- हानेस थोर हाल्डरसन, रुनर रुनार्सन ,फेडेरिक चार्म

डिफेन्डर-कारी एर्नासन, एरी कुलेसन , बिरकिर साभेरसन, सेभेरियर इनगेसन, होर्दर म्याग्नुसन, होल्मर एजोल्फसन, रागनर सिगार्डसन

मिडफिल्डर- जोहन गुडमुन्डसन ,बिरकीर बर्जनासन ,आर्नोर ट्राउसटेसन ,इमिल हाल्फेरडसन ,गेल्फी सिगुडसन ,ओलाफर कुलसन ,रुरिक सेलसन, स्यामुयल फ्रिडजोन्सन ,आरोन गुनार्सन

फरवार्ड- एर्ल्फड फिनबोगसन ,बिजन सिगुर्डसन ,जोन डाडी बोडभार्सन ,अल्बर्ट गुडमुन्डसन
ग्रुप सी अन्तरगतको दोश्रो खेल पेरु र डेनमार्क बिच आज राति ९स् ४५ मिनेटमा शुरु हुदैछ। के छ त पेरु र डेनमार्कको स्थिति

पेरु- विश्व वरियतामा ११ औं स्थानमा रहेको पेरुको यो पाचौं विश्वकप सहभागिता हो। यसअघि सन् १९३०, १९७०,१९७८ ,१९८२ मा पेरु ले विश्वकपमा खेलेको थियो। रिकार्डो गेरेकाको प्रशिक्षणमा रहेको पेरुका पाउलो ग्युरेरो, जेफर्सन फार्कन, पेड्रो एक्चिनो ऐण्डी पोलो जस्ता खेलाडीले डेनमार्कलाई कडा टक्कर दिने विश्वास गरिएको छ।

टोली
गोलकिपर- पेड्रो गेलेसे , कार्लोस केसेडा, जोस कार्भालो

डिफेन्डर- एल्डो क्रोजो , लुइस एडभिन्कुला, क्रिष्टियन रामोस , मिगेल एरउजो , अल्बर्टो रोड्रिगेज , एन्डरसन सान्तामारिया, मिगेल टारुको, निल्सन लेयोला

मिडफिल्डर- रेनाटो टापिया , पेड्रो एक्विनो , योसिमार युटुन , पाओलो हर्टाडो , क्रिष्टियन क्युभा , इडिसन फ्लोरेस , एन्डी पोलो ,विल्डर कार्टागेना

फरवार्ड- एन्डे्र क्यारिलो ,राउल रुडिज ,जेर्फसन फार्फन ,पाउलो ग्युरेरो

डेनमार्क- विश्वकप फिफा वरियतामा १२औं स्थानमा रहेको डेनमार्कको पनि यो विश्वकपमा पाचौं सहभागिता हो । यसअघि सन १९८६, १९९८,२००२, र २०१० को विश्वकपमा सहभागिता जनाई सकेको डेनमार्कको विश्वकपमामा हालसम्मको ठूलो उपलव्धि भनेको सन् १९९८ मा क्वाटरफाईनल सम्मको यात्रा तय गर्नु हो। एज ह्यारेईडको प्रशिक्षणमा रहेको डेनमार्कको प्रमुख आकर्षण फरवार्ड क्रिष्टियन ईरिक्शन हुन।

टोली
गोलकिपर- क्यास्पर स्माइकल, फेडेरिक रोन्नो , जोनास लोस्ल

डिफेन्डर- सिमोन केजर , म्याथियस जियोगेनसन , एन्डे्रस क्रिष्टिनसेन, हेनरिक डासगार्ड , जानिक भेस्टेगार्ड , जेन्स स्टे्रगर लार्सेन, जोन्स कुन्डसेन

मिडफिल्ड- क्रिष्टियन इरिकसन , लेसे सोन, मिचेल क्रुन डेली , थोमस डिलेनी , विलियम क्रिस्ट , लुकास लेरागर

फरवार्ड- एन्ड्रेस क्रोनेलियस , कस्पर डोलबर्ग , मार्टिन ब्रेथवेट ,निकोलाई योगेनसन पियोने सिस्टो ,भिक्टर फिस्चर, युसुफ पोलसेन

Comments

comments