विश्वकप फुटबल: अर्जेन्टिना भर्सेस आइसल्याण्डको खेल सुरु,कस्ले मार्ला बाजी ?

350

काठमाडौं। फिफा विश्वकप प्रतियोगिताको ग्रुप डिको पहिलो तथा प्रतियोगिताको छैठौं खेलमा आज अर्जेन्टिना र आइसल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । विश्व स्टार लियोनल मेस्सी समावेश हुने यस खेललाई सर्वाधिक चासोका साथ हेरिएको छ । मेस्सी यस पटक गरी चारपटक विश्वकपमा मैदान उत्रदैछन् ।

सन् २००६ र २०१० को विश्वकपमा राम्रो पदर्शन गर्न नसकेका मेस्सीले सन् २०१४ को विश्वकपमा टोलीलाई उत्कृष्ट प्रदर्शनगर्दै फाइनलमा पु¥याएपनि उपाधि भने दिलाउन सकेका थिएनन् ।

निकैनै फर्ममा रहेको मेस्सीलाई यस विश्वकपको उपाधि दिलाउने अवसर लगभग अन्तिम हुनसक्छ । किनभने अर्को विश्वकपमा उनी ३५ वर्ष पुग्नेछन् । निकेनै फर्ममा रहेका मेस्सीले गत सिजन स्पेनिस ला लिगामा सर्वाधिक ३४ गोलगर्दै युरोपियन गोल्डन पाउने निश्चित भएको छ ।

Comments

comments