विश्वकप फुटबलमा फ्रान्सको विजयी सुरुवात, पहिलो पटक भिएआरको प्रयोग, अष्ट्रेलिया २–१ ले पराजित

434

काठमाडौं। विश्वकप फुटबल प्रतियोगितामा फ्रान्सले विजयी सुरुवात गरेको छ । ग्रुप सीको पहिलो तथा समग्र प्रतियोगिताको पाँचौ खेलमा फ्रान्सले अष्ट्रेलियालाई २–१ ले पराजित गरेको हो ।

फ्रान्सको जितमा स्ट्राइकर एन्टोनी ग्रीजम्यानले एक गोल गरेभने मिडफिल्डर पल पोग्बाले दोस्रो गोल थपे । अष्ट्रेलियाका लागि माइल जेडिनाकले एक सान्त्वना गोल फर्काएका थिए ।

पहिलो जितसँगै फ्रान्सले ग्रुप स्टेजको खेलमा ३ अंक जोड्दै शिर्ष स्थानमा उक्लन सफल भएको छ । समुह सीमा फ्रान्स, अष्ट्रेलियासँगै पेरु र डेनमार्क छन् । अब फ्रान्सले पेरु र डेनमार्कसँग अन्य खेलमा प्रतिस्पर्धा गर्नेछ ।

अष्ट्रेलियालेपनि पेरु र डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ । अंक तालिका अनुसार समुहका विजेता र उपविजेता प्रि–क्वाटर फाइनल अर्थात नकआउट चरणमा प्रवेश गर्नेछन् ।

विश्वकपमा पहिलो पटक भिएआरको प्रयोग

रुसमा जारी विश्वकप फुटबल जुन १४ अर्थात बिहिबारदेखि सुरु भएको हो । हिजो शुक्रबारसम्म ४ खेल भइसक्दा भिएआर अर्थात भिडियो असिसटेन्ट रेफ्री प्रयोग नभएको प्रतियोगितामा शनिबारको खेलमा दुवै टोलीका लागि भिएआर प्रयोग भयो ।

जसमा पेनाल्टिमार्फत दुवै टोलीले एक–एक गोल गर्नपनि सफल भए । प्रतिस्पर्धात्मक पहिलो हाफ गोल रहित बराबरीमा टुंगीएको थियो । दोस्रो हाफको ५४ औं मिनेटमा अष्ट्रेलियाका जोस रिसडनले फ्रान्सका एन्टोनी ग्रीजम्यानलाई डिबक्सभित्र लडाएका थिए ।

फ्रान्सका खेलाडीले भिएआरको अपिल गरेपछि केहि मिनेटमै भिएआरले फल भएको निर्णय दियो । खेलको ५८ औं मिनेटमा पाएको पेनाल्टिको सदुपयोगगर्दै ग्रीजम्यानले सुरुवाती गोल गरे ।

तर फ्रान्सको अग्रता धरैबेर टिक्न सकेन । एक गोलले पछि परेको चौथौ मिनेट अर्थात खेलको ६२ औं मिनेटमा अष्ट्रेलियाले बराबरी गोल फर्काउन सफल भयो । यस गोलपनि भिएआरको निर्णयकै कारण भएको थियो ।

डिबक्सभित्र फ्रान्सका स्यामुल उमटिटीले ह्यान्ड गरेपछि भिएआरले त्यस बललाई पेनाल्टि भनेको थियो । पेनाल्टिमा माइल जेडिनाकले गोल गरेका थिए । बराबरी खेल खेलको ८० औं मिनेटमा तोडियो ।

पल पोग्बाले फ्रान्सकालागि दोस्रो गोल गरेपछि फ्रान्सले जित निकाल्न सफल भएको हो । पोग्बाले ग्रीजम्यानको विकल्पका आएका खेलाडी ओलिभर जिरुडको पासका आकर्षक गोल गरेका थिए ।

त्यसपछि बाँकी रहेको दश मिनेट र थप गरेको पाँच मिनेटमा खेलमा फर्कने संभावना भएपनि अष्ट्रेलियाले खेलमा कुनै गोल फर्काउन सकेन ।

समग्रमा फ्रान्स बलियो टोली

समग्र खेललाई मध्यनजरगर्दा आजको खेलमा फ्रान्स बलियो देखियो । उसले जित निकाल्न पनि सफल भयो । फ्रान्सले खेलमा ५५ प्रतिशत बल आफ्नो पक्षमा पार्न सफल भयोभने अष्ट्रेलियाले ४५ प्रतिशत बल आफ्नो पक्षमा पारेको थियो ।

फ्रान्सले खेलमा १३ पटक गोलको प्रयासगर्दा ६ बल पोस्टको दिशामा गयो । जसमा २ गोलले पोस्टको जाली चुम्यो । अष्ट्रेलियालेभने मात्र ६ पटक गोलको प्रयास गरेको थियो । त्यसमध्य एक बलमात्र पोस्टको दिशामा जाँदा सोही बलले पोस्टको जाली चुम्यो ।

Comments

comments