फिफा विश्वकपको अवधिभर रुस सरकारको मिडियामाथि कडाइ

179

एजेन्सी। फिफा विश्वकपको अवधिभर रुस सरकारले मिडियामाथि निकै कडाइ गरेको छ । सरकारले विश्वकपलाई मध्यनजर गर्दै ५० दिनको अवधिसम्म समाचार प्रसारणमै प्रतिबन्ध लगाएको छ । यद्यपि सबै प्रकारका समाचारमा प्रतिबन्ध भने लगाइएको छैन । तर अपराधका समाचार भने नदेखाउन सरकारले आदेश दिएको छ ।

बितेका १० दिनमा ८५ पुलिस क्षेत्रमा यस्ता कुनै समाचार प्रसारण भएका छैनन् । आन्तरिक मन्त्रालयको प्रेस सर्भिसका तर्फबाट प्रहरीलाई पनि कुनै केस सुल्झिएको वा कुनै अपराध वा अपराधी पक्राउ परेको समाचार मिडियालाई नदिन पनि आदेश दिइएको छ ।
सकारात्मक खबर मात्र साझा गर्न सरकारले आदेश दिएको छ । यो आदेशका माध्याबाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको छवि अपराधमुक्त भएको देखाउन खोजेको अनुमान गरिएको छ ।

रुसी मिडिया रिपोर्टका अनुसार ६ जूनदेखि कुनै पनि अपराधसम्बन्धी समाचार आएका छैनन् । सेन्ट्रल फेडरल डिष्ट्रिक्टका एक कर्नलले बताएअनुसार उनलाई अपराधसम्बन्धी खबर, खोजी अभियान र सुरक्षा व्यवस्थाको बारेमा सूचना नदिने आदेश दिइएको छ ।

प्रहरीलाई २५ जुलाइसम्म यस्ता कुनै खबर साझा नगर्न आदेश दिइएको छ । प्रहरीले सामाजिक संजाल र नकारात्मक खबरमा निगरानी गरिरहेको छ ।

Comments

comments